इँटा उद्योगीहरू एकजुट भए समग्र क्षेत्रलाई फाइदा: पुनर्वास नगरप्रमुख शर्मा।

ललितपुर, भदौ १३। नेपाल इट्टा उद्योग महासंघको १७औँ वार्षिक साधारण सभा तथा छैटौँ राष्ट्रिय महाधिवेशन अन्तर्गत आयोजित उद्घाटन समारोहमा पुनर्वास नगरपालिका, कञ्चनपुरका नगर प्रमुख तोय प्रसाद शर्माले इँटा उद्योगीहरू एकजुट भए समग्र उद्योग क्षेत्रलाई फाइदा पुग्ने बताएका छन्।

शर्माले उद्योगको दिगो विकास र श्रमिकमैत्री व्यवस्थापनका लागि साझा आवाज आवश्यक रहेको उल्लेख गर्दै भने, “सबै उद्योगी एकताबद्ध भएर अघि बढ्दा मात्र इँटा उद्योगलाई लाभ हुनेछ।”

कार्यक्रममा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारी प्रमुख अतिथिको रूपमा उपस्थित थिए। उद्घाटन सत्रको अध्यक्षता महासंघका अध्यक्ष शंकर बहादुर चन्दले गरेका थिए। पुनर्वास नगरप्रमुख शर्मालाई महासंघले विशेष आमन्त्रित अतिथिको रूपमा निमन्त्रणा गरेको थियो।

ललितपुरको गोदावरीस्थित होटल भ्यू भ्रिकूटीमा सुरु भएको महाधिवेशन तीन दिनसम्म सञ्चालन हुने आयोजकले जानकारी दिएको छ। कार्यक्रममा देशभरका इँटा उद्योगीहरूको उपस्थितिले उद्योग क्षेत्रका चुनौती र सम्भावनाबारे छलफल हुने तथा नयाँ कार्यसमिति चयन हुने बताइएको छ।

प्रतिक्रिया
सम्बन्धित खवर

भर्खरै प्रकाशित


ट्रेन्डिङ