काठमाडौं, भाद्र १४ । नेपाल ईँट्टा उद्योग महासंघको छैठौँ महाधिवेशनबाट नयाँ कार्यसमिति सर्वसम्मत चयन भएको छ। निर्वाचन समितिद्वारा सार्वजनिक नामावली अनुसार अध्यक्षमा भक्तपुरका कृष्णप्रसाद अवाल चयन भएका छन्।

वरिष्ठ उपाध्यक्षमा जनकपुरका विनयकुमार यादव, प्रथम उपाध्यक्षमा भक्तपुरका राजेन्द्र प्रसाद प्रजापति र कोशीका राजेशकुमार राई निर्वाचित भएका छन्। महासचिवमा काठमाडौंका केदार गोसाईँ, कोषाध्यक्षमा ललितपुरका कृष्ण अवाले चयन भएका छन्।

सचिवतर्फ कोशीका महेन्द्र प्रसाद साह, लुम्बिनीका रमेश बनाल, रौतहटका रामविनोद साह, बाँकेका केशवराज भण्डारी र महाकालीका कृष्णबहादुर तामाङ निर्वाचित भएका छन्।

त्यस्तै सह–सचिवमा भक्तपुरका लक्ष्मीप्रसाद त्वानावासु, सर्लाहीका नागेन्द्र चौधरी र लुम्बिनीका बालुराम पाठक चयन भएका छन्। सह–कोषाध्यक्षमा कोशीका सिताराम भट्टराई, महोत्तरीका शिवशंकर महतो, सिरहाका सन्तोषकुमार श्रीवास्तव र चितवनका अजयकुमार गुप्ता निर्वाचित भएका छन्।

सदस्यतर्फ झापाका विष्णु कार्की, काठमाडौंका तीर्थलाल महर्जन, बारा–पर्साका मिश्रिलाल साह तेली, दाङ देउखुरीका डिलबहादुर डाँगी, महाकालीका रमेश विष्ट, सप्तरीका नागेश्वर प्रसाद साह र बाँकेका गफ्फार खान नयाँ कार्यसमितिमा चयन भएका छन्।

महाधिवेशनबाट निर्वाचित यस नयाँ कार्यसमितिले आगामी कार्यकालमा ईँटा उद्योगलाई व्यवस्थित, आधुनिक र वातावरणमैत्री बनाउन योगदान गर्ने अपेक्षा गरिएको महासंघले जनाएको छ।






