सशस्त्रमा व्यापक हेरफेर, कैलालीका १ डीएसपी २ इन्स्पेक्टर र कञ्चनपुरका १ इन्स्पेक्टर तानिए

भाद्र १५। सीमा सुरक्षा र भन्सारमा राजस्व संकलन, कार्यसम्पादनमा कमजोरी भेटिएपछि सशस्त्र प्रहरीमा व्यापक हेरफेर गरिएको छ । देशभर डीएसपी सहित २ दर्जन बढी कर्मचारीको जिम्मेवारी खोसिएको छ। यसै क्रममा कैलालीका १ डीएसपी २ इन्स्पेक्टर र कञ्चनपुरका १ इन्स्पेक्टर तानिएका छन् ।

कैलाली जिल्लास्थित प्रस्तावित सीमा सुरक्षा गुल्म खोनपुरका सशस्त्र प्रहरी नायब उपरीक्षक नवीन चन्द, बोर्डर आउट पोस्ट कुसुमघाटका सशस्त्र प्रहरी निरीक्षक रामशरण विष्ट, बीओपी फूलबारीका सशस्त्र प्रहरी निरीक्षक खगेन्द्र बहादुर चन्द, बीओपी लल्लिपुरका सशस्त्र प्रहरी नायब निरीक्षक मोहन राम मोहर र कञ्चनपुर जिल्लास्थित बोर्डर आउट पोस्ट डोकेबजारका सशस्त्र प्रहरी निरीक्षक सूर्य प्रकाश पन्तलाई समेत जिम्मेवारीबाट हटाइएको हो।

प्रतिक्रिया
सम्बन्धित खवर

भर्खरै प्रकाशित


ट्रेन्डिङ