रकम निकासाको माग गर्दै दुग्ध उत्पादक सहकारी संस्थाले बुझायो कैलालीका प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र

भाद्र १५। सुदूरपश्चिम प्रदेशभित्र रहेका दुध उत्पादक सहकारी संस्थाहरु त्यतिबेला आन्दोलन छन् । उनीहरूले २०८१ माघदेखिको रकम नपाउँदा समस्या सिर्जना भएको भन्दै प्रमुख जिल्ला अधिकारी मार्फत ध्यानाकर्षण गराएका छन्।

दुग्ध विकास संस्थान धनगढी दुग्ध वितरण आयोजना अत्तरिया लाई स्थापनाकाल देखि नै विभिन्न समय अवधिबाट उधारोमा दूध बिक्री गरिरहेको र हालसम्म पनि दूधको रकम भुक्तानी नपाउँदा समस्या सिर्जना भएको शिवशक्ति दुग्ध सहकारी संस्थाका व्यवस्थापक पुष्पराज ओझाले बताउनुभयो । २०८१ माग देखिको रकम भुक्तानी प्राप्त नहुँदा तरलताको अभाव, सदस्य कृषकहरूलाई दूधको रकम भुक्तानी दिन नसक्दा समस्या झेल्नुपरेको उहाँले बताउनुभयो ।

२०८१ माघदेखिको रकम अहिलेसम्म पनि प्राप्त गर्न नसकेको भन्दै आन्दोलन गर्नुपर्ने अवस्था सिर्जना भएको पुनर्वास सहकारी संस्थाका व्यवस्थापक एक कुमार श्रेष्ठले दुखेसो व्यक्त गर्नुभयो। उहाँले पटकपटक दुग्ध विकास संस्थान र वितरण आयोजनालाई रकम भुक्तानी गरिदिन आग्रह गर्दा समेत विभिन्न बहाना देखाउँदै पन्छी रहेको उहाँ बताउनुहुन्छ ।

अहिले प्रशासनिक एवं आर्थिक कक्षा बन्दको कारणले भुक्तानी दिन नसकेको दुग्ध विकास संस्थानले जनाएको छ। लामो समयदेखि दूध बिक्रीको बक्यौता रकम भुक्तानीको व्यवस्थापनका लागि पहल गरिदिनुहुन दुग्ध उत्पादक सहकारी संस्थाहरूले कैलालीका प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन पत्र बुझाएका छन् ।

ज्ञापनपत्र बुझ्दै कैलालीका प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद लम्सालले छिट्टै समाधान खोज्ने र किसानलाई रोकेको रकम उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गर्नुभयो।

प्रतिक्रिया
सम्बन्धित खवर

भर्खरै प्रकाशित


ट्रेन्डिङ