श्रीनिवास दिव्यधाममा कमिसनको आरोप: “प्रमाण नदिए मानहानीको मुद्दा हाल्छौं”

केशव भट्टराई, भदौ १८।  कञ्चनपुरको पुनर्वास–८ मा रहेको श्रीनिवास दिब्यधाम समितीले आफुहरुमाथी लागेको आरोपको खण्डन गर्नुभएको छ । समितीले मंगलबार पत्रकार सम्मेलन गर्दै आफुहरुमाथी लगाइएको आरोप निराधार भएको बताउदै, सो आरोपको सत्यतथ्य प्रमाण पेश नगरे मानहानीको मुद्धा दायर गर्ने बताएका छन् ।

केही समय अघि स्थानीय लालप्रसाद घिमिरेले श्रीनिवास दिब्यधाम समितीका अध्यक्ष र सचिबले उपभोक्ता समितीबाट १५ प्रतिशतका दरले कमिसन खाएको भन्ने आरोप सामाजीक सञ्जाल फेसबुक मार्फत पोष्ट गरी आफुहरुको चरीत्रहत्या संगै दिब्यधामको मानहानी गर्न खोजेको श्रीनिवास दिब्यधामका अध्यक्ष बिश्वनाथ बिष्टले बताउनुभयो ।

बिना आधार नै घिमिरेले आफुहरुमाथी खारोप लगाएको उहाँको भनाइ छ । उपभोक्ता समिती मार्फत श्रीनिवास दिब्यधामका लागी सहयोग लिएको भएपनी ब्यक्तिगत रुपमा एक पैसा पनी दाँयाबाँया नगरेको उहाँले बताउनुभयो । धामका लागी जग्गा खरीद गर्दा धेरै नै रिन लागेको र त्यसको ब्याज तिर्न सो रकम खर्च भएको उहाँले बताउनुभयो ।

गत बर्ष “क” गाउँमा आयोजीत रामलीला कार्यक्रमको हालसम्म पनी आयब्याय सार्वजनीक किन नगरेको भनेर आफुले सामाजीक सञ्जाल मार्फत स्टाटस लेखेको बिषयको जवाफ दिन नसकेर लाल प्रसाद घिमिरेले सो बिषयको बिषयान्तर गरेको श्रीनिवास दिब्यधाम समितीका सदस्य गोबिन्द अवस्थीले बाउनुभयो । श्रीनिवास दिब्यधामको खातामा आएको रकमको बिषयलाई ब्यतिmगत रुपमा समितीका अध्यक्ष र सचिबले कमिसनको रुपमा लिएको भन्ने आरोप सामाजीक सञ्जाल फेसबुक मार्फत पोष्ट गरेको प्रति आफुहरुको गम्भिर ध्यानाकर्षण भएको बताउनुभयो । उहाँले रामलिलाको २ वटा ठेली हराइरहेको बिषयमा प्रश्न गर्दा आफुहरु माथी नै प्रहार भएको उहाँले बताउनुभयो ।

पत्रकार सम्मेलन मार्फत बोल्दै लाल प्रसाद घिमिरे खातामा पैसा आएको सत्य भएको दाबि गर्नुभयो । तर त्यहाँ आएको रकम कहाँ कसरी खर्च भयो सो को स्टेटमेण्ट सहित पेश गर्न माग गर्नुभयो । उहाँले केही समय पछी रामलिलाको आयब्याय प्रस्तुत गर्ने र हराएको ठेली सम्वन्धमा बताउने जानकारी दिनुभयो । जबसम्म खातामा आएको रकम कहाँ कसरी खर्च भयो सोको स्टेटमेण्ट सहित प्राप्त हुदैन र गोबिन्द अवस्थीले फेसबुकमा राखेको स्टाटस डिलिट गर्नु हुदैन तबसम्म आफुले कुनेैपनी माफि या क्षमायाचना नमाग्ने बताउनुभयो ।

प्रतिक्रिया
सम्बन्धित खवर

भर्खरै प्रकाशित


ट्रेन्डिङ