बेलौरीमा मेगा बचत तथा ऋण सहकारी संस्थाको ईकाईगत साधारणसभा सम्पन्न

बेलौरी, कञ्चनपुर – मेगा बचत तथा ऋण सहकारी संस्था लिमिटेड, बेलौरी तथा धनगढी सेवा केन्द्रको ईकाईगत साधारणसभा आज एक कार्यक्रमका बीच सम्पन्न भएको छ। बेलौरी नगरपालिकाका कृषि तथा सहकारी शाखा प्रमुख सुमन राज जोशीको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त कार्यक्रमको सभापतित्व संस्थाका उपाध्यक्ष तथा बेलौरी ईकाईका संयोजक रबिन्द्र धामीले गरेका थिए।

सभापति धामीले संस्थाको वार्षिक प्रतिवेदन पेश गर्दै कार्यक्रममा संस्थाको वार्षिक प्रगति, आर्थिक अवस्था र आगामी योजनाहरूमाथि विस्तृत छलफल गरिएको थियो। सहकारीका सदस्यहरूलाई संस्थाको वित्तीय अवस्थाबारे जानकारी गराउँदै पारदर्शिता र जवाफदेहिता प्रवर्द्धन गर्ने उद्देश्यले सभाको आयोजना गरिएको थियो।

साधारणसभामा प्रस्तुत वार्षिक प्रतिवेदन अनुसार, सहकारीले आ.व. ०८१/८२ को अन्त्यसम्ममा कुल ४२ करोड ८३ लाख ७४ हजार ७ सय ३ रुपैयाँ निक्षेप संकलन गरेको छ भने ७८ लाख २३ हजार ६ सय ७७ रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ।

कार्यक्रमका प्रमुख अतिथि सुमन राज जोशीले स्थानीय स्तरमा वित्तीय पहुँच विस्तार गर्न मेगा सहकारीले खेलेको भूमिकाको प्रशंसा गरे। उनले संस्थाको वित्तीय आंकडा राम्रो देखिएकाले यसलाई एक विश्वासिलो संस्थाको रुपमा चित्रित गरे।

कार्यक्रममा विशेष अतिथि कुमारी बैंक लिमिटेड, बेलौरी शाखाका प्रबन्धक रबिन्द्र केसीले सहकारी र बैंकहरूबीचको सहकार्यको महत्त्वमाथि प्रकाश पारे। उनले मेगा सहकारी ग्राहकमुखी भएको र भविष्यमा अझै थप ग्राहकमुखी सेवाहरू प्रदान गरेर अघि बढ्नुपर्ने सुझाव दिए।अन्य अतिथिहरूमा समाजसेवी राममाया श्रेष्ठ, महेस सिंह बिस्ट र मिना कार्की रहेका थिए।

साधारणसभाको अवसरमा संस्थाले आफ्ना उत्कृष्ट सदस्यहरूलाई सम्मान गरेको थियो। यस वर्ष उत्कृष्ट ऋणीतर्फ करुणाकर पन्त, उत्कृष्ट बचतकर्तातर्फ दीपेन्द्र बहादुर ऐरि, उत्कृष्ट बाल बचततर्फ आयुसा जोशी, उत्कृष्ट नारी बचततर्फ पार्वती साउद तथा शिक्षा क्षेत्रमा योगदान पुर्याए वापत सदस्य अमर सिंह विष्टलाई समेत पुरस्कृत तथा सम्मान गरिएको थियो।

कार्यक्रममा सञ्चालक समिति सदस्यहरू कान्तुराम पनेरु र गोपाल चौधरीको उपस्थिति रहेको थियो भने कार्यक्रमको सञ्चालन बेलौरी शाखा प्रबन्धक केसब दत्त अवस्थीले गरेका थिए।

प्रतिक्रिया
सम्बन्धित खवर

भर्खरै प्रकाशित


ट्रेन्डिङ