जेन्जी प्रदर्शनमा तीन व्यक्तिमाथि प्रहरीले चलायो गोली

मीरा श्रेष्ठ,

सरकार विरुद्ध काठमाडौँमा भइरहेको जेन्जी प्रदर्शनमा प्रहरीले चलाएको गोली लागि एकजनाको मृत्यु भएको छ।

त्यस्तै झापा दमकमा समेत प्रहरीको गोली लागि दुईजना सख्त घाइते भएका छन्।

सूचनाको हकको सुनिश्चितता, नागरिकले पाउनपर्ने आधारभूत आवश्यकताको परिपूर्ति, पारदर्शी र जवाफदेही सरकारी संयन्त्र जस्ता सकारात्मक विषयहरूको माग गर्दै जेन्जी नामक अभियान दिईएको प्रदर्शनमा विद्यार्थीहरूमाथि गोली चलाउनु निरङ्कुशताको संज्ञा भएको भन्दै चौतर्फी विरोध भईरहेको छ।

देशभर विभिन्न स्थानबाट जेन्जीहरूले प्रदर्शन गरे सँगै कञ्चनपुरमा पनि जेन्जी प्रदर्शन भईरहेको छ।

प्रतिक्रिया
सम्बन्धित खवर

भर्खरै प्रकाशित


ट्रेन्डिङ