मीरा श्रेष्ठ,
बेलौरी, कञ्चनपुर
बेलौरीका नेकपा एमाले नेतृ कमला बोहराले पार्टीका अध्यक्ष तथा देशका प्रधानमन्त्री केपी ओलीलाई सम्बोधन गर्दै अतिशीघ्र राजीनामा दिनुपर्ने बताएकी छिन्।
आफ्नो फेसबुक अकाउन्ट मार्फत पोस्ट गर्दै बोहराले प्रधानमन्त्रीले चाँडोभन्दा चाँडो राजीनामा दिनपर्ने र बाँकी कुराको समीक्षा पछि गर्नुपर्ने जिकिर गरेकी छिन्। त्यस्तै जेन-जीलाई सम्बोधन गर्दै प्रदर्शनमा संयमित हुन समेत आग्रह गरेकी छिन्।





