युवा व्यवसायी दावत तामाङद्वारा पुनर्वास नगरपालिकालाई विभिन्न सामग्री सहयोग !

असोज २ । जेन्जी आन्दोलनको क्रममा आगजनी गरी ध्वस्त भएको पुनर्वास नगरपालिकालाई पुनर्निर्माण र सञ्चालनमा सहयोग पुराउने उद्देश्यले पुनर्वासका युवा व्यवसायी दावत तामाङले महत्वपूर्ण सामग्री सहयोग गर्नुभएको छ । उहाँले पुनर्वास नगरपालिकालाई ४ थान कम्प्युटर, २ थान दराज, २ थान टेबल र २ थान प्रिन्टर सहितका कार्यालय सामग्रीहरु हस्तान्तरण गर्नु भएको छ ।

यो सहयोग पुनर्वास नगरपालिकामा रहेका कर्मचारीहरूको कार्यसम्पादनलाई सहज बनाउन र पुनर्निर्माण कार्यमा तिव्रता ल्याउन महत्वपूर्ण योगदान हुने पुनर्वास नगरपालिकाको नगर प्रमुख तोय प्रसाद शर्माले बताउनुभयो। उहाँले तामाङको प्रशंसा गर्दै सहयोगका लागि आभार व्यक्त गर्नुभयो । नगर प्रमुख शर्माले यतिबेला पालिका सञ्चालन गर्न चुनौती रहेको बताउँदै सबैलाई आआफ्नो क्षेत्रबाट सहयोग गर्न पनि आग्रह गर्नुभयो।

तामाङले नगरपालिकाको कामकाज छिटो रूपमा सुरु होस् भन्नका निम्ति सहयोग गरेको बताउनुभयो । दावत तामाङ, जो एक प्रमुख युवा व्यवसायी, समाजसेवी र राजनैतिक व्यक्तित्व पनि हुनुहुन्छ जो यस अघि पनि विभिन्न सामाजिक तथा जनहितका कार्यमा सक्रिय रहनु भएको छ। कोरोना कालमा पनि उहाँले पुनर्वास नगरपालिकामा धेरै नै काम गर्नुभएको थियो।

 

प्रतिक्रिया
सम्बन्धित खवर

भर्खरै प्रकाशित


ट्रेन्डिङ