७० औं प्रहरी दिवसमा इलाका प्रहरी कार्यालय बेलौरीद्वारा मन्दिर सरसफाई

बेलौरी, कञ्चनपुर, असोज २९। ७० औं प्रहरी दिवसको अवसर पारेर इलाका प्रहरी कार्यालय (APO), बेलौरीले आज प्रहरी निरीक्षक तथा कार्यालय प्रमुख भास्कर चन्दको नेतृत्वमा बेलौरी नगरपालिका ६ स्थित श्री त्रिपुरा सुन्दरी मन्दिर परिसरमा सरसफाई गरेको छ ।

प्रहरीको सक्रियतामा भएको उक्त सरसफाई कार्यक्रममा  ‘Gen Z बेलौरी तथा समर्थक समूह’ का युवाहरूको समेत सहभागिता रहेको थियो । कार्यक्रममा सहभागी ‘Gen Z बेलौरी’ का सदस्य लक्ष्मण सिंह दियालले प्रहरीले आयोजना गरेको सामाजिक कार्यमा युवाहरूलाई सहभागी गराएकोमा प्रमुख चन्द तथा इलाका प्रहरी कार्यालय बेलौरी परिवारलाई धन्यवाद ज्ञापन गर्नुभयो ।

प्रतिक्रिया
सम्बन्धित खवर

भर्खरै प्रकाशित


ट्रेन्डिङ