ईक्यान सुदूरपश्चिम समन्वय समिति गठन, संयोजकको जिम्मेवारी हेमन्त रेग्मीलाई

धनगढी।नेपाल शैक्षिक परामर्श संघ (ईक्यान) ले सुदूरपश्चिम प्रदेशमा आफ्नो सांगठनिक गतिविधिलाई विस्तार गर्ने क्रममा तीन सदस्यीय ‘सुदूरपश्चिम समन्वय समिति’ गठन गरेको छ। शैक्षिक परामर्श क्षेत्रलाई यस क्षेत्रमा थप व्यवस्थित, मर्यादित र व्यावसायिक बनाउने उद्देश्यसहित ईक्यानको केन्द्रिय कार्यसमितिले विधान बमोजिम यो निर्णय गरेको हो।

नवगठित समितिको नेतृत्व धनगढीस्थित ड्रिम एजुकेशन फाउण्डेसन प्रा. लि. का प्रमुख हेमन्त रेग्मीले सम्हाल्नेछन्। उहाँको संयोजकत्वमा गठन भएको यस समितिमा ईईभीएस (EEVS) धनगढी एडमिसन्स प्रा. लि. का विजय चौधरी र ड्रिमस्केप एजुकेशन नेटवर्क धनगढी प्रा. लि. का समिर कुँवर सदस्यका रूपमा चयन भएका छन्। सुदूरपश्चिम क्षेत्रमा रहेका ईक्यान आबद्ध सदस्य कम्पनीहरूको सक्रियता र मागलाई सम्बोधन गर्दै केन्द्रले स्थानीय व्यवसायीहरूलाई नै नेतृत्वको जिम्मेवारी प्रदान गरेको हो।

ईक्यानको विधान २०५३ को दफा १३ को (ख) को २ अनुसार कुनै जिल्ला वा क्षेत्रमा शाखा समिति गठन गर्न आवश्यक न्यूनतम सदस्य संख्या नपुगेको अवस्थामा सम्पर्क केन्द्र वा समन्वय समिति गठन गर्न सकिने प्रावधान रहेको छ। सोही वैधानिक व्यवस्थामा टेकेर गठन गरिएको यस समितिलाई भविष्यमा पूर्णकालीन शाखा गठनको आधार तयार गर्ने विशेष कार्यादेश दिइएको छ। यसका साथै सुदूरपश्चिम क्षेत्रमा सम्पर्क केन्द्रको सञ्चालन, अनुगमन तथा निरीक्षण गर्ने अधिकार पनि यसै समितिलाई प्रत्यायोजन गरिएको छ।

प्रतिक्रिया
सम्बन्धित खवर

भर्खरै प्रकाशित


ट्रेन्डिङ