कञ्चनपुर।
सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालयले हालै ठुलो संख्यामा आफ्ना अधिकृत तथा जवानहरूको काज तथा जिम्मेवारी हेरफेर गर्ने क्रममा कञ्चनपुरको दक्षिणी सीमावर्ती क्षेत्र बेलौरीस्थित सीमा सुरक्षा गुल्मको नेतृत्वमा परिवर्तन गरेको छ।
यसअघि नुवाकोटको ककनीस्थित सशस्त्र प्रहरी बल नेपाल यु.एन. शान्ति स्थापना तालिम शिक्षालयमा दरबन्दी रहेका सशस्त्र प्रहरी नायब उपरीक्षक (डिएसपी) योग्य बहादुर बस्नेतलाई अब बेलौरी गुल्मको प्रमुखको जिम्मेवारी सुम्पिएको छ।
प्रधान कार्यालय मानवस्रोत विभागले जारी गरेको आधिकारिक सूची अनुसार, डिएसपी बस्नेतलाई सशस्त्र प्रहरी बल नेपाल नं. ३५ गण हेडक्वाटर शैलेश्वरी, कञ्चनपुरमा काज खटाइएको छ र सोही अन्तर्गत उनले बेलौरीको कमाण्ड सम्हाल्नेछन्।





