६३ उपसचिवको सरुवा: बेलौरी नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा खेम राज जोशी

बेलौरी, कञ्चनपुर ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले प्रशासन सेवाका ६३ जना उपसचिव वा सो सरहका कर्मचारीहरूको सरुवा तथा कामकाजमा खटाउने निर्णय भएको जनाएको छ। मन्त्रालयले सोमबार एकैपटक ठुलो सङ्ख्यामा कर्मचारीहरूको जिम्मेवारी हेरफेर गर्दै उनीहरूलाई विभिन्न स्थानीय तहमा पदस्थापना गरेको हो।

मन्त्रालयको निर्णयअनुसार सरुवा भएकामध्ये अधिकांश उपसचिवहरूलाई विभिन्न नगरपालिका र गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी सुम्पिएको छ।

मन्त्रालयले सोमबार सार्वजनिक गरेको कर्मचारी सरुवा तथा पदस्थापनाको सूची अनुसार कञ्चनपुरको बेलौरी नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृतको रूपमा उपसचिव खेम राज जोशीलाई खटाइएको छ।

प्रतिक्रिया
सम्बन्धित खवर

भर्खरै प्रकाशित


ट्रेन्डिङ