कञ्चनपुरको दोधारा चाँदनीमा टिप्परको ठक्करबाट एकको मृत्यु, चालक फरार

कञ्चनपुर (दोधारा चाँदनी) ।

कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका १ स्याउले बजारमा शुक्रबार दिउँसो टिप्परले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको घटनास्थलमै मृत्यु भएको छ भने एक जना घाइते भएका छन्।

इलाका प्रहरी कार्यालय दोधारा चाँदनीका अनुसार दक्षिणबाट उत्तरतर्फ जाँदै गरेको सुदूरपश्चिम प्रदेश ०२-००१ ख ०५९८ नम्बरको टिप्परले सोही दिशातर्फ गइरहेको युके ०६ एएस ७९३० नम्बरको भारतीय मोटरसाइकललाई दिउँसो साढे दुई बजेको समयमा ठक्कर दिएको थियो। दुर्घटनामा परी मोटरसाइकलको पछाडि सवार दोधारा चाँदनी नगरपालिका १ स्याउले बजारका विवश चुनाराको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।

ठक्करबाट मोटरसाइकल चालक सोही ठाउँका नरेश लुहार घाइते भएका छन्। उनको बायाँ खुट्टामा चोट लागेको र अवस्था मध्यम रहेको छ। घाइते लुहारलाई प्राथमिक उपचारपश्चात् थप उपचारका लागि आफन्तले भारतको खटिमा लगेका छन्। दुर्घटनाको खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय दोधारा चाँदनीबाट प्रहरी टोली तत्काल घटनास्थल पुगेर उद्धार तथा अनुसन्धानमा जुटेको थियो।

दुर्घटनापश्चात् ठक्कर दिने टिप्परका चालक बेदकोट नगरपालिका ५ धरमपुरका जितबहादुर चौधरी फरार रहेका छन्। प्रहरीले दुर्घटनाग्रस्त मोटरसाइकल र टिप्परलाई नियन्त्रणमा लिएको छ भने फरार चालकको तीव्र रूपमा खोजी कार्य भइरहेको जनाएको छ

प्रतिक्रिया
सम्बन्धित खवर

भर्खरै प्रकाशित


ट्रेन्डिङ