सशस्त्र प्रहरी बीओपीआँपताल द्वारा कञ्चनपुरको पुनर्वास सीमा क्षेत्रबाट अवैध इलेक्ट्रोनिक्स सामान बरामद

कञ्चनपुर, २१ जेठ

कञ्चनपुरको पुनर्वास नगरपालिका वडा नम्बर ४ स्थित ‘घ’ गाउँ सीमा इलाकाबाट सशस्त्र प्रहरी बल (एपीएफ) नेपालको टोलीले अवैध रूपमा भन्सार छली ल्याइँदै गरेको इलेक्ट्रोनिक्स सामान बरामद गरेको छ। सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट (बीओपी) आँपतालबाट खटिएको पैदल गस्ती टोलीले बिहीबार बिहान साढे १० बजेको समयमा भारतबाट अवैध रूपमा नेपालतर्फ भित्र्याउँदै गरेको अवस्थामा उक्त सामग्रीहरू नियन्त्रणमा लिएको हो।

सशस्त्र प्रहरी निरीक्षक प्रेमसिंह बोहराको कमाण्डमा खटिएको ५ सदस्यीय सीमा पैदल गस्ती टोलीले नियमित सुरक्षा जाँच तथा निगरानीका क्रममा उक्त अवैध सामग्री फेला पारेको हो। सुरक्षा निकायका अनुसार बरामद गरिएका विभिन्न किसिमका इलेक्ट्रोनिक्स सामानहरूको बजार मूल्य करिब ३५ हजार रुपैयाँ बराबर रहेको अनुमान गरिएको छ। सीमा क्षेत्रमा सुरक्षा टोलीलाई देख्नासाथ सामान ढुवानी गरिरहेका व्यक्तिहरू सामग्री छाडेर फरार भएका थिए।

बरामद गरिएका सम्पूर्ण इलेक्ट्रोनिक्स सामानहरूलाई आवश्यक कानूनी कारबाही एवं प्रक्रिया पूरा गर्नका लागि कैलाली भन्सार कार्यालय धनगढीमा बुझाइएको सशस्त्र प्रहरीले जनाएको छ।

प्रतिक्रिया
सम्बन्धित खवर

भर्खरै प्रकाशित


ट्रेन्डिङ