दलित समुदायको परिभाषा र थर सूचीकरण राजपत्रमा प्रकाशित

काठमाडौँ .

सरकारले दलित समुदायको परिभाषा तथा उनीहरूले प्रयोग गर्ने थरहरूको औपचारिक सूची नेपाल राजपत्रमा प्रकाशित गरेको छ।

राष्ट्रिय दलित आयोगको सिफारिसमा मन्त्रिपरिषद्ले स्वीकृत गरेको उक्त विवरण महिला, बालबालिका, लैंगिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्रालयमार्फत राजपत्रमा प्रकाशित गरिएको हो। मुद्रण विभागका अनुसार २०८३ असोज ८ गते प्रकाशित राजपत्रको सङ्ख्या ३६ मा यो सूचना औपचारिक रूपमा समावेश गरिएको छ।

राजपत्रमा प्रकाशित परिभाषा अनुसार विगतमा वर्णाश्रम व्यवस्थाका आधारमा जातीय विभेद तथा छुवाछुतको व्यवहार भोगेका समुदायलाई यसमा समेटिएको छ। साथै आर्थिक, राजनीतिक, सामाजिक, सांस्कृतिक, शैक्षिक तथा रोजगारीका अवसरहरूबाट ऐतिहासिक रूपमा वञ्चितीकरण र उत्पीडनमा पारिएका नागरिकहरूलाई दलित समुदायका रूपमा परिभाषित गरिएको छ।

यसैगरी श्रम, परम्परागत सीप र मौलिक कलामार्फत राज्य निर्माणको ऐतिहासिक प्रक्रियामा यस समुदायले पुर्‍याएको महत्त्वपूर्ण योगदानलाई समेत परिभाषामा पहिलो पटक स्पष्टसँग मान्यता दिइएको छ।

राष्ट्रिय दलित आयोगले तयार पारेर पठाएको थर सूचीसम्बन्धी प्रारम्भिक विवरणमा मन्त्रालयले यसअघि विभिन्न क्षेत्रका सरोकारवालासँग राय सुझाव सङ्कलन गरेको थियो।

 

प्रतिक्रिया
सम्बन्धित खवर

भर्खरै प्रकाशित


ट्रेन्डिङ