धनगढी, कैलाली।
नेपालीहरूको महान् चाड बडादशैँको मौलिक परम्परा र चाडपर्वको रौनकलाई जीवन्त राख्न धनगढीस्थित होटल पौवाले आफ्नो परिसरमा परम्परागत बाँसको लिङ्गे पिङ निर्माण गरेको छ।

चाडपर्वको अवसरमा होटलमा आउने पाहुना, आगन्तुक तथा कार्यरत कर्मचारीहरूलाई दशैँको वास्तविक उमङ्ग दिलाउन पिङको व्यवस्था गरिएको होटलले जनाएको छ। होटलका प्रबन्धक मनोज चन्दका अनुसार आधुनिकतासँगै हराउँदै जान थालेको लिङ्गे पिङको परम्परालाई जोगाउन र आगन्तुकहरूलाई पारिवारिक तथा उत्सवमय वातावरण प्रदान गर्न यो प्रयास गरिएको हो।
दशैँको समयमा एक पटक भए पनि जमिन छाड्नुपर्ने (पिङ खेल्नुपर्ने) नेपाली सांस्कृतिक मान्यता अनुरूप होटलमा पुग्ने जो-कोहीले पनि खुला चौरमा हालिएको बाँसको लिङ्गे पिङमा मच्चिएर चाडको खुसी साटासाट गर्न सक्ने व्यवस्था मिलाइएको छ।

होटल पौवा धनगढीले खाद्य सुरक्षा मूल्याङ्कन अन्तर्गत नम्बर १ खाद्य गुणस्तरको प्रमाणपत्र समेत हासिल गरिसकेको छ। २४सै घण्टा खुला रहने सेवा, उत्कृष्ट तथा सुरक्षित परिकार र चाडपर्व लक्षित परम्परागत वातावरणले पाहुनाहरूलाई थप सहज र पारिवारिक अनुभूति प्रदान गर्ने होटल व्यवस्थापनले जनाएको छ।





