मालिकार्जुन ६ मा खुला पुरुष भलिबल प्रतियोगिता हुँदै, विजेतालाई ५५ हजार ५५५ रुपैयाँ पुरस्कार

 

दार्चुला । दार्चुलाको मालिकार्जुन गाउँपालिका–६, सलेतीस्थित कोलु बगड खेलमैदानमा खुला पुरुष भलिबल प्रतियोगिता आयोजना हुने भएको छ।

प्रतियोगिताका संयोजक प्रकाश सिंह धामी र शेखर सिंह धामी रहेका छन्। मालिकार्जुन युवा क्लबको आयोजनामा तथा श्री हुनैनाथ स्वामी सलेतीको प्रायोजनमा सञ्चालन हुन लागेको प्रतियोगिता २०८३ कात्तिक ६ गते बिहान १० बजेदेखि सुरु हुनेछ। प्रतियोगितामा सहभागी हुन इच्छुक टिमले कात्तिक ५ गते साँझ ५ बजेसम्म टिम दर्ता गरिसक्नुपर्ने आयोजकले जनाएको छ।

प्रतियोगितामा प्रथम हुने टिमले ५५ हजार ५५५ रुपैयाँ र द्वितीय हुने टिमले २२ हजार २२२ रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछन्। त्यसैगरी, उत्कृष्ट सर्भर, अनुशासित खेलाडी, अनुशासित टिम, उत्कृष्ट ब्लकर र उत्कृष्ट डिफेन्डरलाई जनही एक हजार रुपैयाँ पुरस्कार प्रदान गरिनेछ।

प्रतियोगिता लिग चरणमा सञ्चालन गरिनेछ। प्रतियोगितामा सहभागी हुने टिमका लागि चार हजार ९९९ रुपैयाँ दर्ता शुल्क निर्धारण गरिएको आयोजकले जनाएको छ।

स्थानीयस्तरमा खेलकुदको विकास गर्ने, युवामा अनुशासन र सकारात्मक सोचको विकास गर्ने तथा आपसी एकता, भाइचारा र सद्भाव अभिवृद्धि गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गर्न लागिएको हो। प्रतियोगिताले स्थानीय तथा आसपासका क्षेत्रका खेलाडीलाई आफ्नो प्रतिभा प्रदर्शन गर्ने अवसर प्रदान गर्नुका साथै युवालाई खेलकुदप्रति आकर्षित गर्ने अपेक्षा गरिएको छ।

आयोजकले जिल्लाभित्र तथा बाहिरका सम्पूर्ण खेलाडी, खेलप्रेमी र दर्शकलाई प्रतियोगितामा सहभागी भई खेलको शोभा बढाउन तथा खेलाडीको हौसला अभिवृद्धि गर्न आग्रह गरेको छ।

प्रतियोगितासम्बन्धी थप जानकारी तथा टिम दर्ताका लागि ओमकार पाल, अकबर सिंह धामी र सन्दीप सिंह धामीलाई सम्पर्क गर्न सकिनेछ।

प्रतिक्रिया
सम्बन्धित खवर

भर्खरै प्रकाशित


ट्रेन्डिङ