मीरा श्रेष्ठ, पुस २५

कञ्चनपुरको बेलौरीमा केहि समयअघि ‛नेवाः देय् दबू’ समितिको नगर स्तरीय अधिवेशन सम्पन्न भएको थियो । सोहि गतिलाई पछ्याउदै आज जिल्ला स्तरीय तेस्रो अधिवेशन सम्पन्न भएको छ । ‟नेवा समाजको उत्थान र संस्कृतिको जगेर्ना गर्न अब भने नेवा समाज अझ पूर्ण रुपमा एकजुुट भएका छौँ”, बताउछन् नेवाः देय् दबू जिल्ला समिती तथा बेलौरी नगरपालिका ७ नं वडाका अध्यक्ष प्रकाश श्रेष्ठ ।

अधिवेशनले सर्वसम्मतीमा पारित गरेको १५ सदस्यीय नवसमितीमा अध्यक्षमा पुनः प्रकाश श्रेष्ठलाई देख्न सकिन्छ, वरिष्ठ उपाध्यक्षमा सरोज कुमार श्रेष्ठ, महिला उपाध्यक्ष कल्पना श्रेष्ठ, उपाध्यक्ष धन बहादुर श्रेष्ठ, महिला सचिव गंगा माया श्रेष्ठ, सचिव नरेन्द्र श्रेष्ठ, कोषाध्यक्ष गोवद्र्धन श्रेष्ठ र सदस्यहरुमा लाल बहादुर श्रेष्ठ, श्याम माया श्रेष्ठ, सुर्य कुमार श्रेष्ठ, सुब्बा श्रेष्ठ, कविराज श्रेष्ठ, पुष्पा श्रेष्ठ, तेज बहादुर श्रेष्ठ र शोभा श्रेष्ठ रहेका छन् ।

नेवाः देय् दबू’ केन्द्रिय कार्यसमितीका उपाध्यक्ष विकास श्रेष्ठको प्रमुख आतिथ्यता रहेको सो कार्यक्रममा विशिष्ट अतिथिहरुमा ‛नेवाः देय् दबू’ सुदूरपश्चिम प्रदेशका अध्यक्ष विजेन्द्र कायस्थ, केन्द्रिय कार्यसमितिका सदस्य पुनम श्रेष्ठ तथा केन्द्रिय पूर्व उपाध्यक्ष एक कुमार श्रेष्ठ थिए र अतिथिहरुमा नेपाल आदिवासी जनजाती महासंघका सुदूरपश्चिम प्रदेश समन्वय परिषदका उपाध्यक्ष गंगा योञ्जन, ‛नेवाः देय् दबू’ को प्रदेश तथा कैलाली र कञ्चनपुर जिल्ला समिती, बेलौरी नगरपालिका तथा पुर्नवास नगरपालिका बाट नगर समिती र बेलौरी बाट भैरव देव गुठी र भिमसेन देव गुठीका प्रतिनिधि समेतको उपस्थिति रहेको थियो ।

नवकार्यसमितीलाई सम्बोधन गर्दै सुदूरपश्चिम प्रदेशका वरिष्ठ उपाध्यक्ष तथा बेलौरी उद्योग वाणिज्य संघका उपाध्यक्ष विजयालक्ष्मी श्रेष्ठले अल्पसङ्ख्यक नेवा जनसमुदायको एकतामा नै नेवाः संस्कृतिको जगेर्ना हुने भएकाले सम्पूर्ण नेवाः समाज एकजुट हुनपर्ने बताईन् ।
फोटो फिचर :








