पुनर्वासमा लागुऔषध तथा ट्राफिक नियम सम्बन्धि सचेतनामूलक कार्यक्रम सम्पन्न

किशोर तामाङ , ९ माघ, कंचनपुर । कंचनपुरको पुनर्वासमा लागुऔषध दुर्व्यसन तथा ट्राफिक नियम सम्बन्धी  एकदिने सचेतनामूलक कार्यक्रम सम्पन्न भएको छ। जिल्लाको दक्षिणी क्षेत्र पुनर्वास नगरपालिका वडा नम्बर ६ को आयोजना र नेपाल प्रहरीको सहकार्यमा श्री पुनर्वास जनता माविमा अध्यनरत कक्षा ८,९ र  १० सम्मका विद्यार्थीहरूलाई लागुऔषध नियन्त्रण तथा ट्राफिक नियम सम्बन्धी जानकारी दिइएको हो।

कार्यक्रममा पुनर्वास जनता माविका प्रधानाध्यापक मान बहादुर तामाङले पछिल्लो समय समाजमा बढ्दो लागुऔषध तथा दुर्व्यसनका कारण युवाहरू कुलतमा फस्दै गईरहेकोले यस किसिमका विकृतिलाई न्युनिकरण गर्ने उद्देश्यका साथ कार्यक्रम आयोजना गरिएकोमा वडा कर्यसमितिलाइ धन्यवाद ज्ञापन गर्दै नयाँ पिडि यसतर्फ नलाग्न सुझाव दिए।

कक्षा ८ देखि १२ सम्म अध्ययन गर्ने उमेर समुहका विद्यार्थीहरुको अत्यन्तै संवेदनशील उमेर भएकोले लहलहैमा लागेर गलत कदम उठाउन सक्छन त्यसबाट दुर्व्यसनको खतरा बढ्न सक्ने भएकोले त्यसबाट बचाउन बिद्यालयमा नै कार्यक्रम आयोजना गरिएको वडा अध्यक्ष मित्र सिंह लामाले बताए। लागुऔषध दुर्व्यशनको लत लागेमा भबिस्य अन्धकार हुनुसंगै पारिवारिक तथा सामाजिक वातावरणमा समेत प्रत्यक्ष नकारात्मक असर पर्ने भएकोले यसबाट सचेत रहन वडा अध्यक्ष लामाले आग्रह गरे।

ईलाका प्रहरी कार्यालय त्रिभुवन बस्तीका प्रहरी निरिक्षक महेश बिक्रम शाहीले लागूऔषध सेवनकर्ताको लक्षण लागूऔषधबाट हुने शारीरिक तथा मानसिक नकारात्मक असर तथा कुलतमा फसेका युवाहरूलाई छुटकारा पाउने  उपायका बिषयमा सहजीकरण गरेका थिए।

लागुऔषध दुव्र्यसन अहिले विश्वव्यापी समस्याको रूपमा देखिएको छ। कोकिन, कफ सुगर, हिरोइनलगायतका दुव्र्यसनको प्रभावमा संसारभरका युवा परेका छन। तथ्यांक अनुसार  विश्वमा अहिले भइरहेका आपराधिक गतिविधिमध्ये ६० प्रतिशत अपराध लागुपदार्थका कारण र ७५ प्रतिशत दुर्घटना  चालक, पदैल यात्री लगायतले ट्राफिक नियमको पालना नगर्दा सवारी दुर्घटना भइरहेको छ।

नेपाल पनि यसबाट अछुतो छैन। खराब साथीको संगत, छोराछोरीमाथि अभिभावकको कम वा अत्यधिक निगरानीका कारण समस्या देखिएका छन्। लागुपदार्थको सहज पहुँच, यसको असरबारे जानकारीको अभावलगायतका कारण पनि युवाहरू दुव्र्यसनमा फसेका छन् भने ट्राफिक नियम सम्बन्धि जानकारी नहुँदा दुर्घटना बढेको तथ्याङ्कले देखाएको छ।

प्रतिक्रिया
सम्बन्धित खवर

भर्खरै प्रकाशित


ट्रेन्डिङ