रसुवामा आएको बाढीको कारण हिमताल विस्फोटन भएको प्रारम्भिक अनुमान

मीरा श्रेष्ठ,

गएको मंगलबार तिब्बत क्षेत्र हुदै नेपालको रसुवागढी भएर आएको बाढी हिमताल विस्फोटनको कारण भएको प्रारम्भिक अनुमानमा खुल्न आएको छ । राष्ट्र्यि विपद जोखिम न्युनीकरण तथा व्यवस्थापन प्राधिकरणले यस्तो अनुमान खुल्न आएको बताएको हो ।

चीन तथा अन्य क्षेत्रबाट स्याटलाईटबाट प्राप्त तस्बिरहरुले हिमताल विस्फोटनको कारण नेपालमा बाढीको आएको देखाएको बताईएको छ ।

यद्यपि अनुमान ठ्याक्कै हो, होईन भन्ने पत्ता लगाउन भने थप अनुसन्धानको आवश्यक पर्ने प्राधिकरणले जनाएको छ । प्राधिकरणका कार्यकारी प्रमुख दिनेश प्रसाद भट्टले भोटेकोशीमा आएको बाढी भने पानी परेको कारण होईन भनेर किटान गरेका छन् ।

उपग्रहबाट प्राप्त तस्बिरको विश्लेषणको आधारमा हिमताल विस्फोटनको कारण बाढी आएको हुनसक्ने उनले बताएका छन् । ‟कुलेसो बन्ने स्टाईलले जुन देखेको छ, त्यो कुलेसोको देब्रे पट्टि चाहि पानी नभाको जस्तो देख्न्छि । सेभेन्थ् जुलाईमा त्यहाँ ड्राई जस्तो देखिएको छ र आठ जुलाईमा जुन घटना भईसकेको छ, त्यसपछि चाँहि त्यहाँ भिजेको जस्तो देखिन्छ । अर्थात् यहि ठाउँबाट घटना भएको हो भन्ने कुरालाई पुष्टि गर्छ । तर पनि पुर्ण अध्ययन भईसकेको चरणमा छैनौँ” ।

प्रतिक्रिया
सम्बन्धित खवर

भर्खरै प्रकाशित


ट्रेन्डिङ