कञ्चन आवाज संवाददाता बेलौरी, कञ्चनपुर
नेपाली कांग्रेसको केन्द्रीय संसदीय बोर्डले लामो रस्साकस्सीपछि कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर २ का लागि पूर्वपरराष्ट्रमन्त्री एवं प्रभावशाली नेता नारायणप्रकाश (एनपी) साउदलाई सर्वसम्मत उम्मेदवार चयन गरेको छ।
सोमबार बसेको बोर्ड बैठकले साउदलाई टिकट दिने औपचारिक निर्णय गरेसँगै कञ्चनपुरको चुनावी माहोल तात्तिएको छ।





