निर्वाचन आयोगद्वारा राजनीतिक दलहरूलाई फागुन ३ गतेभित्र घोषणापत्र सार्वजनिक गर्न निर्देशन

बेलौरी, कञ्चनपुर

निर्वाचन आयोगले आगामी निर्वाचनका लागि सहभागी हुने राजनीतिक दलहरूलाई फागुन ३ गतेभित्र आफ्नो चुनावी घोषणापत्र सार्वजनिक गरी आयोगमा पेस गर्न निर्देशन दिएको छ। निर्वाचनलाई व्यवस्थित, मर्यादित र समयबद्ध बनाउने प्रक्रिया अन्तर्गत आयोगले यस्तो समयसीमा तोकेको हो।

आयोगको पछिल्लो निर्णय अनुसार निर्वाचनमा होमिने दलहरूले फागुन ३ गतेभित्रै आफ्नो आधिकारिक नीति तथा कार्यक्रम समेटिएको घोषणापत्र सार्वजनिक गरिसक्नुपर्नेछ। उक्त घोषणापत्र सार्वजनिक गरे लगत्तै दलहरूले केन्द्रमा निर्वाचन आयोग र उम्मेदवारहरूले सम्बन्धित जिल्लाका निर्वाचन कार्यालयहरूमा अनिवार्य रूपमा पेस गर्नुपर्ने प्रावधान राखिएको छ।

यस पटक आयोगले घोषणापत्र सार्वजनिक गर्ने विषयलाई कडाइका साथ पालना गराउन खोजेको देखिन्छ। यसले मतदाताहरूलाई दलका एजेन्डा र प्रतिबद्धताहरू बुझ्न पर्याप्त समय मिल्ने र निर्वाचन प्रक्रियामा पारदर्शिता कायम हुने विश्वास गरिएको छ।

प्रतिक्रिया
सम्बन्धित खवर

भर्खरै प्रकाशित


ट्रेन्डिङ