बेलौरीमा नवनिर्वाचित सांसद धामीलाई उद्योग वाणिज्य संघ द्धारा स्वागत तथा बधाई ज्ञापन

बेलौरी, कञ्चनपुर

कञ्चनपुर क्षेत्र नम्बर १ बाट नवनिर्वाचित प्रतिनिधि सभा सदस्य जनक सिंह धामीलाई बेलौरी उद्योग वाणिज्य संघले एक औपचारिक कार्यक्रमका बीच हार्दिक बधाई तथा शुभकामना व्यक्त गरेको छ। बेलौरीस्थित संघको कार्यालयमा आयोजित उक्त कार्यक्रममा वाणिज्य संघका पदाधिकारी तथा स्थानीय उद्योगी व्यवसायीहरूले जननिर्वाचित प्रतिनिधिलाई स्वागत गर्दै क्षेत्रको आर्थिक विकासका लागि ध्यानाकर्षण गराएका छन्।

बेलौरी उद्योग वाणिज्य संघका अध्यक्ष हिरा सिंह विष्टको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा संघका महासचिव गोविन्द सापकोटाले सहजीकरण गर्नुभएको थियो। कार्यक्रममा पूर्व अध्यक्षहरू टेक बहादुर साउद, लक्ष्मी नारायण चौधरी र आत्माराम दाहालले बेलौरीको ऐतिहासिक गौरव पुनस्र्थापित गर्न र दक्षिणी क्षेत्रको व्यापारिक मार्गलाई सुदृढ बनाउन नवनिर्वाचित जनप्रतिनिधिको भूमिका महत्त्वपूर्ण हुने उल्लेख गर्नुभयो।

बधाई ज्ञापन कार्यक्रममा वाणिज्य उपाध्यक्ष हरि प्रसाद खरेल, उद्योग उपाध्यक्ष विजयालक्ष्मी श्रेष्ठ, सचिव वसन्त पुन मगर तथा सदस्यहरू भवेश्वर पाण्डे, धनराज सुवेदी, यमबहादुर खत्री र रामेश्वर न्यौपानेको उपस्थिति रहेको थियो। त्यसैगरी राष्ट्रिय स्वतन्त्र पार्टीका नगर सभापति विष्णु शर्मा न्यौपाने लगायत अन्य राजनीतिक तथा सामाजिक व्यक्तित्वहरूको समेत सहभागिता रहेको थियो।

प्रतिक्रिया
सम्बन्धित खवर

भर्खरै प्रकाशित


ट्रेन्डिङ