पूर्व गृहमन्त्री रमेश लेखक भक्तपुरस्थित निवासबाट पक्राउ

काठमाडौ

पूर्व गृहमन्त्री एवं नेपाली कांग्रेसका नेता रमेश लेखकलाई प्रहरीले भक्तपुरको कटुन्जेस्थित उनकै निवासबाट आज पक्राउ गरेको छ। काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले लेखकलाई नियन्त्रणमा लिएको कार्यालयका एक उच्च अधिकारीले पुष्टि गरेका छन्।

नयाँ सरकार गठन भएलगत्तै बसेको मन्त्रिपरिषद्को बैठकले गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगले तयार पारेको प्रतिवेदन कार्यान्वयन गर्ने महत्वपूर्ण निर्णय गरेको थियो। सोही प्रतिवेदनको सिफारिस र मन्त्रिपरिषद्को निर्णय बमोजिम अनुसन्धान प्रक्रिया अघि बढाउन लेखकलाई पक्राउ गरिएको प्रहरी स्रोतले जनाएको छ।

कञ्चनपुरबाट प्रतिनिधित्व गर्ने प्रभावशाली नेता लेखक पक्राउ परेपछि राजनीतिक वृत्तमा यसलाई अर्थपूर्ण रूपमा हेरिएको छ। सरकारले सुशासन र विधिको शासन कायम गर्न विगतका आयोगका प्रतिवेदनहरू कार्यान्वयन गर्ने नीति लिएसँगै यो कदम चालिएको बताइएको छ।

प्रतिक्रिया
सम्बन्धित खवर

भर्खरै प्रकाशित


ट्रेन्डिङ