बेलौरीको वडा नं १ सीमानाकाबाट अवैध चाइनिज स्कुटर बरामद, भन्सार चलान

बेलौरी (कञ्चनपुर) । कञ्चनपुरको बेलौरी नगरपालिका वडा नम्बर १ स्थित सीमानाकाबाट सशस्त्र प्रहरीले भारतबाट अवैध रुपमा नेपाल भित्र्याउँदै गरेको एक लाख ३० हजार रुपैयाँ बराबरको चाइनिज स्कुटर बरामद गरेको छ।

सशस्त्र प्रहरी सीमा सुरक्षा गुल्म बेलौरीका प्रमुख तथा सशस्त्र प्रहरी नायब उपरीक्षक योग्य बस्नेतले दिएको जानकारी अनुसार मिति यही वैशाख ५ गते दिउँसो साढे तीन बजेको समयमा उक्त स्कुटर नियन्त्रणमा लिइएको हो। भारतको सीमावर्ती बजार बसहीबाट भन्सार छलेर नेपालतर्फ ल्याउँदै गरेको अवस्थामा फर्वाड अपरेटिङ बेस (एफओबी) कार्गिलडाँडाबाट सशस्त्र प्रहरी नायब निरीक्षक हरजित सिंह महतको कमान्डमा खटिएको चेकप्वाइन्ट टोलीले सो स्कुटर नियन्त्रणमा लिएको थियो।

सुरक्षा निकायले सीमा क्षेत्रमा हुने चोरी पैठारी नियन्त्रणका लागि पछिल्लो समय आफ्नो गस्ती र निगरानीलाई थप कडा बनाएको छ। यसै क्रममा बरामद गरिएको उक्त चिनियाँ स्कुटरलाई आवश्यक कानुनी कारबाही तथा राजस्व असुलीका लागि सम्बन्धित भन्सार कार्यालयमा बुझाइएको सशस्त्र प्रहरीले जनाएको छ।

प्रतिक्रिया
सम्बन्धित खवर

भर्खरै प्रकाशित


ट्रेन्डिङ