बेलौरीमा भन्सार छली ल्याइएका सवा लाख मूल्य बराबरका पटका बरामद गरी नष्ट

बेलौरी, कञ्चनपुर।

कञ्चनपुरको बेलौरी नगरपालिका वडा नम्बर १ स्थित खल्ला क्षेत्रबाट प्रहरीले अवैध रूपमा भन्सार छली भित्र्याइएका ठूलो परिमाणका पटका बरामद गरी नष्ट गरेको छ। शनिबार बिहान करिब ८ बजेको समयमा प्रहरी चौकी फटियाबाट प्रहरी सहायक निरीक्षक मानसिंह धामीको कमाण्डमा खटिएको गस्ती टोलीले बेवारिसे अवस्थामा रहेका ती पटका फेला पारेको हो।

भारतबाट नेपालतर्फ भन्सार छली अवैध रूपमा भित्र्याई सडक किनारमा लुकाइछिपाइ राखिएको ५ पेटी पटका प्रहरीले बरामद गरेको हो। बरामद गरिएका उक्त पटकाको बजार मूल्य करिब १ लाख २० हजार रुपैयाँ रहेको प्रहरीले जनाएको छ।

फेला पारिएका ती पटकालाई इलाका प्रहरी कार्यालय बेलौरीका निमित्त कार्यलय प्रमुख वरिष्ठ प्रहरी नायब निरीक्षक वीरसिंह धामी, वडा नं ६ का अध्यक्ष भोजराज चौधरी, उद्योग बाणिज्य संघ का सचिव वसन्त पुन मगर लगायत स्थानीय सरोकारवालाको रोहवरमा बिहीबार नै नष्ट गरिएको छ।

प्रतिक्रिया
सम्बन्धित खवर

भर्खरै प्रकाशित


ट्रेन्डिङ