कञ्चनपुरको डोकेबजार सडकखण्डमा दुई अटो र मोटरसाइकल जुध्दा दुर्घटना, घाइतेलाई अस्पताल पठाइयो

पुनर्वास, कञ्चनपुर।

कञ्चनपुरको डोकेबजार सडकखण्डमा दुईवटा अटो रिक्सा र एउटा मोटरसाइकल एकआपसमा ठोक्किँदा चालकसहित केही यात्रु घाइते भएका छन् भने गम्भीर घाइतेलाई उपचारका लागि सेती प्रादेशिक अस्पताल धनगढी पठाइएको छ।

अस्थायी ट्राफिक प्रहरी पोष्ट डोकेबजारका इन्चार्ज तथा ट्राफिक प्रहरी सहायक निरीक्षक राम सिंह भण्डारीले दिनुभएको जानकारी अनुसार डोकेबजारबाट आईबीआरडीतर्फ गइरहेको म १ ह १२९६ नम्बरको अटो र बेलौरीबाट डोकेबजार तर्फ आउँदै गरेको बे न पा ह ११ नम्बरको अटो एकआपसमा जुधेका थिए। सोही समयमा पूर्वतर्फको भित्री सडकबाट डोकेबजार जाँदै गरेको सु प प्र ०१-००३ प ९४५३ नम्बरको मोटरसाइकल समेत म १ ह १२९६ नम्बरको अटोमा ठोक्किन पुगेको थियो। दुर्घटनामा दुवै अटोको अगाडिको भागमा नराम्ररी क्षति पुगेको छ भने चक्काहरू भाँचिएका छन्।

प्राप्त जानकारी अनुसार म १ ह १२९६ नम्बरको अटो पुनर्वास नगरपालिका वडा नम्बर ८ ‘क’ गाउँ बस्ने ३३ वर्षीय प्रकाश दाहालले चलाएका थिए, जसमा चालकसहित तीन जना सवार थिए। त्यसैगरी बे न पा ह ११ नम्बरको अटो बेलौरी नगरपालिका वडा नम्बर ५ बस्ने ३४ वर्षीय रामबहादुर चौधरीले चलाएका थिए, जसमा चालकसहित पाँच जना सवार थिए। यसैगरी मोटरसाइकल चालक पुनर्वास नगरपालिका वडा नम्बर ९ सिमरी बस्ने राम राना रहेका छन्। दुर्घटना लगत्तै स्थानीय र प्रहरीको सहयोगमा घाइतेहरूको उद्धार गरी थप उपचारका लागि सेती प्रादेशिक अस्पताल पठाइएको छ। अन्य सामान्य घाइतेहरूको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको छ।

प्रतिक्रिया
सम्बन्धित खवर

भर्खरै प्रकाशित


ट्रेन्डिङ