बेलौरी, कञ्चनपुर।
नेपाली कांग्रेसको आसन्न १५औँ महाधिवेशनअन्तर्गत कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर १ बाट सम्पूर्ण महाधिवेशन प्रतिनिधि निर्विरोध निर्वाचित भएका छन्।
गत असोज ११ गते आइतबारदेखि सुरु भएको क्षेत्रीय सम्मेलनले दुई दिनसम्म चलेको सघन छलफल र संवादपश्चात् मंगलबार महाधिवेशन प्रतिनिधिको टुंगो सर्वसम्मत रूपमा लगाएको हो। निर्वाचन समितिका अनुसार संस्थापन पक्षको बाहुल्य रहेको यस क्षेत्रबाट प्रदेश सांसद, स्थानीय जनप्रतिनिधि, किसान अगुवा, युवा तथा विद्यार्थी नेताहरू समेटिएर साझा नेतृत्व चयन गरिएको छ।
निर्विरोध निर्वाचित हुनेहरूमा संविधानसभा सदस्य तथा वर्तमान सुदूरपश्चिम प्रदेश सभा सदस्य दिवानसिंह विष्ट, युवा नेता सुरेन्द्र सिंह, दीर्घबहादुर सिंह ठकुरी, पूर्वशिक्षक लालबहादुर रावत, भरत बहादुर विष्ट, चेतनकुमार राई, हरेन्द्र सिंह विष्ट, बेलडाँडी गाउँपालिका अध्यक्ष हरिश्चन्द्र राना, उपाध्यक्ष शान्ति नाथ, विद्यार्थी नेता मदनराज उपाध्याय, निवर्तमान क्षेत्रीय सभापति गोपीप्रसाद उपाध्याय, बेलडाँडीका पूर्वसभापति हर्कदेव जोशी, सीताराम खड्का, यमप्रसाद पौडेल तथा दिनेश शर्मा रहनुभएको छ।
यसैगरी महिला तथा समावेशी तर्फबाट खिना भण्डारी, मीरादेवी चन्द, अनिता तामाङ, राधा विष्ट, देवी पौडेल (लोहनी), तारा खड्का, मनोज भट्ट, मानबहादुर रोकाया, रघुवीर सिंह भण्डारी, विश्राम राना, धर्मसिंह बडायक, सगुन राना, सौजन्या राना, दाउत तामाङ, दीपबहादुर लामा, रमेश चुनारा, रामबहादुर खड्का, छेमानन्द राना र धर्मराज जोशी चयन हुनुभएको छ।





