धनगढी
कल २४ न्युजले धनगढीमा ‘कल २४ न्युज कप फुटसल टुर्नामेन्ट २०८३’ आयोजना गर्ने भएको छ। युवा पुस्तालाई खेलकुदतर्फ आकर्षित गर्ने तथा दुर्व्यसनविरुद्ध सचेतना फैलाउने उद्देश्यसहित प्रतियोगिता असोज २४ र २५ गते धनगढीस्थित वाल्मीकि फुटसलमा आयोजना हुने भएको हो।
प्रतियोगितामा पुरुष र महिला दुवै विधामा प्रतिस्पर्धा हुनेछ। पुरुषतर्फ विजेताले ५० हजार ५५५ रुपैयाँ तथा उपविजेताले ३० हजार ५५५ रुपैयाँ नगद पुरस्कार पाउनेछन्। महिलातर्फ विजेतालाई २२ हजार २२२ रुपैयाँ र उपविजेतालाई ११ हजार १११ रुपैयाँ प्रदान गरिनेछ।
प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीलाई समेत व्यक्तिगत पुरस्कारको व्यवस्था गरिएको छ। खेलाडीको उत्साह बढाउन ट्रफी, पदक र प्रमाणपत्रसमेत प्रदान गरिने आयोजक कल २४ न्युजले जनाएको छ।
कल २४ न्युजका सम्पादक भक्तराज जोशीका अनुसार पहिलो संस्करणको सफलतापछि यसपटक प्रतियोगितालाई थप व्यवस्थित र भव्य बनाउने तयारी गरिएको छ। खेलकुदसँगै युवा सहभागिता, सामाजिक चेतना र स्वस्थ जीवनशैलीको सन्देश दिने उद्देश्यले प्रतियोगिता आयोजना गर्न लागिएको हो।





