कञ्चनपुरको बेलौरीबाट खैरो हेरोइनसहित दुई जना पक्राउ

बेलौरी, कञ्चनपुर

कञ्चनपुरको बेलौरी नगरपालिका वडा नम्बर ७ टेडियाबाट प्रहरीले अवैध लागूऔषध खैरो हेरोइनसहित दुई जनालाई पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले असोज २६ गते जारी गरेको प्रेस विज्ञप्ति अनुसार पक्राउ पर्नेमा बेलौरी नगरपालिका ७ टेडियाका १८ वर्षीय प्रदिप चौधरी र लालझाडी गाउँपालिका १ विनाबारीका २६ वर्षीय राम जनम चौधरी रहेका छन्। उनीहरूलाई असोज २५ गते पक्राउ गरिएको हो। इलाका प्रहरी कार्यालय बेलौरी र लागूऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय धनगढीबाट खटिएको संयुक्त प्रहरी टोलीले गस्ती तथा चेकजाँचका क्रममा उनीहरूलाई पक्राउ गरेको हो।

प्रहरीले पक्राउ परेका व्यक्तिहरूको साथबाट ४ दशमलव ७४० ग्राम अवैध लागूऔषध खैरो हेरोइन र तीन थान मोबाइल फोन बरामद गरेको छ। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक टेक बहादुर रावतद्वारा हस्ताक्षरित विज्ञप्तिमा पक्राउ परेका दुवै जनामाथि कानुनबमोजिम आवश्यक अनुसन्धान भइरहेको उल्लेख छ।

प्रतिक्रिया
सम्बन्धित खवर

भर्खरै प्रकाशित


ट्रेन्डिङ