मजदुरको शव निर्माणाधीन खानेपानी ट्याङ्की परिसरमा फेला, घटनाबारे अनुसन्धान जारी

केशब भट्ट, २८ कार्तिक,
बेलौरी: कञ्चनपुरको बेलौरी नगरपालिका-१ मटैयामा रहेको श्रीराम खानेपानी परियोजनाको निर्माणाधीन पानीट्याङ्की परिसरमा कृष्णपुर नगरपालिका-२, वाणीका १९ वर्षीय यज्ञराज भट्ट मृत अवस्थामा फेला परेका छन्। इलाका प्रहरी कार्यालय बेलौरीका प्रमुख, प्रहरी निरीक्षक भास्कर चन्दले घटनाबारे जानकारी दिँदै यसबारे थप अनुसन्धान भइरहेको बताएका छन्।

बुधबार बिहान ट्याङ्की परिसरमा मृत अवस्थामा फेला परेका भट्टको टाउको, खुट्टा र कम्मरमा चोट लागेको पाइएको छ। घटनास्थलमा भट्टको मोबाइल, टि–सर्ट र गन्जी समेत ट्याङ्कीको छतमा भेटिएको प्रहरीले जनाएको छ।

यज्ञराज भट्टले करिब ४ महिनादेखि श्रीराम खानेपानी तथा सरसफाई परियोजनामा सुसिल जे भी प्रेम डेभलपर्स नामक ठेक्का कम्पनीअन्तर्गत मजदुरको रुपमा काम गर्दै आएका थिए। परियोजनाका प्रोजेक्ट मेनेजर सुरज एडीले भट्टको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै घटनाबारे छानबिनमा सहयोग गरिरहेको बताएका छन्।मृतक भट्टको शव पोस्टमार्टमका लागि सेती प्रादेशिक अस्पताल, धनगढी पठाइएको छ।

प्रतिक्रिया
सम्बन्धित खवर

भर्खरै प्रकाशित


ट्रेन्डिङ