कञ्चनपुरमा निकुञ्ज क्षेत्रमा खेती गर्ने २ भारतीय नागरिक सेनाको नियन्त्रणमा

केशब भट्ट, मंसिर १२, कञ्चनपुर।

शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज क्षेत्रमा खेती गर्दै आएका २ भारतीय नागरिकलाई नेपाली सेनाले नियन्त्रणमा लिएको छ।

मंगलबार साँझ बेलडाँडी गाउँपालिका वडा नम्बर २ को सीमावर्ती क्षेत्रमा नेपालको क्षेत्रभित्र अवैध रूपमा अतिक्रमण गरी गहुँबाली लगाइरहेको अवस्थामा उनीहरूलाई नियन्त्रणमा लिइएको शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज कार्यालयले जनाएको छ।

नेपाल–भारत सीमाको २७ र २८ नम्बर पिलरको बीचमा पर्ने नेपालतर्फको करिब २० बिघा जमिन फडानी गरी खेती गरिरहेको अवस्थामा नेपाली सेना, निकुञ्ज प्रशासनका कर्मचारी, सशस्त्र प्रहरी, र नेपाल प्रहरीको संयुक्त टोलीले भारतको पिलिभित जिल्लाको रामनगर निवासी ३० वर्षीय रञ्जन विश्वास र गोरख डिधिका ६० वर्षीय चितरञ्जन सरवारलाई नियन्त्रणमा लिएको हो।

नियन्त्रणमा रहेका भारतीय नागरिकलाई थप अनुसन्धानका लागि शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज कार्यालय, मझगाउँमा राखिएको जनाइएको छ।

प्रतिक्रिया
सम्बन्धित खवर

भर्खरै प्रकाशित


ट्रेन्डिङ