स्थानीय सेवा गठन तथा सञ्चालन सम्बन्धी विधेयकका लागि राय-सुझाव संकलन कैलालीमा

केशब भट्ट, मंसिर १४, कैलाली।

सुदूरपश्चिम प्रदेशको स्थानीय सेवा गठन, सञ्चालन, तथा सेवाका शर्तसम्बन्धी व्यवस्थाका लागि तयार गरिएको विधेयकमा राय-सुझाव संकलन कार्यक्रम अन्तर्गत शुक्रबार कैलालीमा छलफल गरिएको छ।

सुदूरपश्चिम प्रदेश विधायन तथा प्रदेश मामिला समितिका सभापति दिवानसिंह बिष्टको नेतृत्वमा आज कैलालीको टीकापुरमा राय-सुझाव संकलन गरिएको हो।

यसअघि, समितिले कार्तिक ९ गतेदेखि १२ गतेसम्म प्रदेशका पहाडी जिल्ला बझाङको केदारस्यु गाउँपालिका, जयपृथ्वी नगरपालिका, र डडेल्धुराको अमरगढी नगरपालिकामा पनि सुझाव संकलन गरिसकेको सभापति बिष्टले जानकारी दिए।

सभापति बिष्ट कानुन निर्माण प्रक्रियामा सक्रिय रहँदै आएका छन्। राय-सुझाव संकलन कार्यक्रममा सभापति बिष्टसहित समितिका सदस्यहरू र सम्बन्धित कर्मचारीहरूको पनि सहभागिता रहेको थियो।

प्रतिक्रिया
सम्बन्धित खवर

भर्खरै प्रकाशित


ट्रेन्डिङ