केशब भट्ट, १७ मंसिर, बेलौरी। कंचनपुरको बेलौरीस्थित गए राति एक इलेक्ट्रोनिक्स पसलमा चोरी भएको छ। बेलौरी बजारको पानि ट्यान्की नजिक रहेको ओम इलेक्ट्रोनिक्समा आइतबार राति करिब साढे ११ बजेतिर चोरी भएको हो।
पसलबाट ४ थान मोबाइल, १ थान स्मार्ट घडी, १ थान वुफर, र १ लाख ५० हजार नगद चोरी भएको पसल संचालक ओमप्रकाश पौडेलले जानकारी दिएका छन्।
बेलौरी नगरपालिका-६ हात्तीभोझा बस्ने पौडेलले हिजो साँझ पसल बन्द गरेर घर गएका थिए। पसलको पछाडिको ढोका फोडेर चोरी भएको इलाका प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक भाष्कर चन्दले बताए। प्रहरी निरीक्षक चन्दको टोली थप अनुसन्धानका लागि घटनास्थलमा रहेको छ।





