नेपाली कांग्रेसको १५औँ महाधिवेशन : बेलौरीलगायत देशभर आजदेखि वडा अधिवेशन सुरु

बेलौरी / कञ्चनपुर

नेपाली कांग्रेसको आसन्न १५औँ केन्द्रीय महाधिवेशनअन्तर्गत नेतृत्व चयनको प्रक्रिया आजदेखि कञ्चनपुरसहित देशभर विधिवत् रूपमा सुरु भएको छ।

पार्टीको केन्द्रीय निर्वाचन समितिले निर्धारण गरेको कार्यतालिका अनुसार स्थानीय अनुकूलतालाई ध्यानमा राख्दै आज र भोलि देशभरका वडा तहमा अधिवेशनहरू भइरहेका छन्। कञ्चनपुरका विभिन्न वडाहरूमा पनि पार्टीका कार्यकर्ताहरू नयाँ नेतृत्व चयनका लागि सक्रिय रूपमा सहभागी भईरहेको जानकारी बेलौरी नगर सभापति पेपुराम चौधरीले दिएका छन्।

केन्द्रीय निर्वाचन समितिको कार्यतालिका अनुसार आगामी असोज ७ गते गाउँ तथा नगरपालिका अधिवेशन, असोज १० गते प्रदेशसभा र प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन तथा असोज १६ देखि १९ गतेसम्म काठमाडौंमा केन्द्रीय महाधिवेशन सम्पन्न हुनेछ। यसपटकको महाधिवेशनबाट कांग्रेसको केन्द्रीय कार्यसमितिको आकार विगतका तुलनामा निकै ठूलो बन्ने भएको छ। विशेष महाधिवेशनबाट संशोधित विधानअनुसार कांग्रेसको केन्द्रीय कार्यसमिति २३२ सदस्यीय हुने व्यवस्था गरिएको छ।

नयाँ विधानको व्यवस्था अनुसार २३२ सदस्यीय केन्द्रीय समितिमा १७१ जना महाधिवेशनबाट निर्वाचित हुनेछन् भने ६१ जना सभापतिबाट मनोनीत हुनेछन्। यसैगरी सातवटै प्रदेशका सभापतिहरू र प्रतिनिधिसभा संसदीय दलको नेता केन्द्रीय कार्यसमितिको पदेन सदस्य रहने व्यवस्था गरिएको छ। कांग्रेस विधानको धारा २१ को उपधारा १५ मा प्रतिनिधिसभा संसदीय दलको नेता र प्रदेश कार्यसमितिको सभापति केन्द्रीय कार्यसमितिको पदेन सदस्य हुने स्पष्ट उल्लेख छ। यसअघि १४औँ महाधिवेशनमा संशोधन गरिएको विधानअनुसार केन्द्रीय समिति १६८ सदस्यीय रहेको थियो, जसमध्ये १३४ जना निर्वाचित र ३३ जना मनोनीत हुने प्रावधान थियो।

प्रतिक्रिया
सम्बन्धित खवर

भर्खरै प्रकाशित


ट्रेन्डिङ