क्यान्सरपीडित मनोज चौधरीको उपचारका लागि बेलौरी युवा मञ्च जापानद्वारा आर्थिक सहयोग

बेलौरी (कञ्चनपुर)

कञ्चनपुरको बेलौरी नगरपालिका वडा नम्बर ८ का क्यान्सरपीडित मनोज चौधरीको उपचारका लागि जापानमा क्रियाशील युवाहरूको संस्था ‘बेलौरी युवा मञ्च जापान’ले आर्थिक सहयोग उपलब्ध गराएको छ। आर्थिक अभावका कारण नियमित उपचारमा गम्भीर कठिनाइ भोगिरहेका चौधरीको बचावट अभियानमा सहयोग पुगोस् भन्ने उद्देश्यले मञ्चले २० हजार रुपैयाँ सहयोग रकम पीडितको उपचार खातामा पठाएको हो।

जन्मथलो बेलौरीलाई छोडी वैदेशिक रोजगारी तथा अध्ययनका सिलसिलामा जापानलाई कर्मथलो बनाउनुभएका बेलौरीवासी युवाहरूले मानवीय संवेदनालाई आत्मसात गर्दै उक्त आर्थिक सहायता जुटाएका हुन्। कठिन परिस्थितिमा जीवन र मरणको दोसाँधमा रहेका स्वदेशका नागरिकलाई सहयोग गर्नुपर्छ भन्ने उद्देश्यले उनीहरूले यसअघि पनि विभिन्न सामाजिक तथा मानवीय कार्यहरूमा सहकार्य गर्दै आएका छन्।

प्रतिक्रिया
सम्बन्धित खवर

भर्खरै प्रकाशित


ट्रेन्डिङ