इलाका प्रशासन कार्यालय त्रिभुवनबस्ती: राष्ट्रिय परिचयपत्र डेस्क खाली छाडेर कर्मचारी बाहिरिएको सेवाग्राहीको गुनासो

– पवन जोशी / कन्चन आवाज

कञ्चनपुर, असोज २

कञ्चनपुरको पुनर्वासस्थित इलाका प्रशासन कार्यालय त्रिभुवनबस्तीमा राष्ट्रिय परिचयपत्र बनाउन पुग्ने सेवाग्राहीले कर्मचारीको अनुपस्थिति र रुखो व्यवहारका कारण सास्ती भोग्नुपरेको गुनासो गरेका छन्।

कार्यालयको राष्ट्रिय परिचयपत्रका लागि बायोमेट्रिक तथा विवरण संकलन गर्ने दुई वटा डेस्कमध्ये एकातर्फको कुर्सी र कम्प्युटर सेट खाली रहेको पाइएको छ। डेस्कमा एक जना मात्र कर्मचारी उपस्थित हुँदा सेवा प्रवाहमा ढिलाइ हुनुका साथै सेवाग्राहीहरूले असन्तुष्टि व्यक्त गरेका छन्।

कार्यालयमा पुगेका सेवाग्राहीले खाली रहेको डेस्कका कर्मचारीबारे सोधपुछ गर्दा सुरुमा उपस्थित सहकर्मीले “इमरजेन्सी परेर घर जानुभएको” जवाफ दिएका थिए। तर, सेवाग्राहीले ती कर्मचारीलाई टेलिफोन गरेर बुझ्दा उनले “साथी आएकाले बाहिर निस्किएको र अर्को सरलाई जिम्मा दिएको” बताएका थिए। कार्यालय समयमा नागरिकको काम प्रभावित हुनेगरी कर्मचारी बाहिरिने र सहकर्मीले बचाउ गर्ने प्रवृत्तिले सेवा प्रवाहमा असर पुगेको सेवाग्राहीको भनााइ छ।

त्यस्तै, सेवाग्राहीले अर्की एक महिला कर्मचारीसँग सामान्य सोधपुछ गर्दा उनले “तपाईंको काम रोकिएको छ र? काम भइरहेकै छ नि!” भन्दै कडा स्वरमा जवाफ दिएको पाइएको छ। टाढा-टाढाबाट सास्ती खेप्दै सेवा लिन आउने नागरिकहरूले प्रशासनिक कार्यालयमा यस्तो खालको व्यवहार सहनुपरेको गुनासो गरेका छन्।यस विषयमा इलाका प्रशासन कार्यालय त्रिभुवनबस्तीका कार्यालय प्रमुख तथा सम्बन्धित कर्मचारीहरूसँग बुझ्न खोज्दा उनीहरूसँग सम्पर्क हुन सकेन।

 

प्रतिक्रिया
सम्बन्धित खवर

भर्खरै प्रकाशित


ट्रेन्डिङ