चिसोमा राहत: बेलौरी नगरपालिका वडा नं ७ द्धारा २६० जनालाई ब्यालेङकेट वितरण

बेलौरी, पौष २० – चिसो मौसमले सबैलाई प्रभावित बनाइरहेको बेला बेलौरी नगरपालिका वडा नं. ७ ले ज्येष्ठ नागरिक, एकल पुरुष तथा महिला, द्वन्द्व पीडित, अपाङ्ग र दलित समुदायका व्यक्तिहरूलाई ब्ल्यांकेट वितरण गर्दै चिसोबाट राहत पुर्‍याउने उद्देश्यले विशेष कार्यक्रम सम्पन्न गरेको छ।

वडा नं. ७ का अध्यक्ष प्रकाश श्रेष्ठको सभापतित्वमा सम्पन्न सो कार्यक्रममा प्रमुख अतिथिका रूपमा बेलौरी नगरपालिकाका उपप्रमुख जोगराम चौधरीको उपस्थिति थियो। विशिष्ट अतिथिहरूमा वडा नं. २ का अध्यक्ष कलविर चौधरी र वडा नं. ६ का अध्यक्ष भोजराज चौधरी रहेका थिए।

कार्यक्रममा १५४ जना ज्येष्ठ नागरिक, ५९ जना एकल पुरुष तथा महिला, ६ जना पूर्ण अपाङ्गता भएका व्यक्ति, ३२ जना अति असक्त व्यक्ति, ८ जना द्वन्द्व पीडित, र १ जना दलित गरी कुल २६० जनालाई ब्ल्यांकेट वितरण गरिएको थियो।

वडा अध्यक्ष प्रकाश श्रेष्ठले यो कार्यक्रम आ.व. २०८१/८२ मा विनियोजित बजेट अन्तर्गत सञ्चालन गरिएको जानकारी गराउँदै भने, “चिसोको यो मौसममा राहत पुर्‍याउने उद्देश्यका साथ कार्यक्रम आयोजना गरिएको हो। साथै, वडामा विकास निर्माणका कार्यक्रमहरूलाई पनि तीव्रता दिइँदैछ।”

कार्यक्रमले स्थानीय नागरिकहरूलाई जाडोबाट राहत दिनुका साथै सामाजिक सहयोगको भावना प्रवर्द्धन गर्न मद्दत पुर्‍याएको छ। सहभागीहरूले वडा कार्यालयको यस पहलप्रति प्रशंसा व्यक्त गर्दै धन्यवाद दिएका छन्।

प्रतिक्रिया
सम्बन्धित खवर

भर्खरै प्रकाशित


ट्रेन्डिङ