बेलौरीमा बालश्रम न्यूनीकरण सम्बन्धी अन्तरक्रिया कार्यक्रम

केशब भट्ट, २५ माघ, बेलौरी। कञ्चनपुरको बेलौरीमा स्थानीय तहहरूसँगको समन्वयमा बालश्रम न्यूनीकरण सम्बन्धी अन्तरक्रिया गरिएको छ। बिहीबार सुदूरपश्चिम प्रदेश सरकार सामाजिक विकास मन्त्रालयको आयोजनामा अन्तरक्रिया कार्यक्रम भएको हो।

बालश्रम न्यूनीकरण सम्बन्धी अन्तरक्रिया कार्यक्रममा सुदूरपश्चिम प्रदेश सरकार सामाजिक विकास मन्त्रालयको श्रम तथा रोजगार शाखाकी चम्पा कुमारी जोशीले बालश्रमको अवस्था, ऐन, कानुन लगायत विविध विषयमा जानकारी गराएकी थिइन्। अन्तरक्रियामा सहभागीहरूले बालश्रम न्यूनीकरणमा सरकारको भूमिका लगायत विषयमा प्रश्न गरेका थिए।

बालश्रम न्यूनीकरण सम्बन्धी अन्तरक्रिया कार्यक्रममा जनप्रतिनिधि, महिला शाखाका प्रमुख, विभिन्न बाल क्लबका पदाधिकारी तथा सदस्यहरू, उद्यमी, व्यवसायीहरू, युवाहरू लगायत विभिन्न व्यक्तिहरूको सहभागिता रहेको थियो। कार्यक्रमको सञ्चालन रोजगार सेवा केन्द्र बेलौरीका नरेश प्रसाद भट्टले गरेका थिए।

 

प्रतिक्रिया
सम्बन्धित खवर

भर्खरै प्रकाशित


ट्रेन्डिङ