पुनर्वासमा सुचिकृत बेरोजगारहरुका लागी ५० दिने डकर्मी तथा सडक मर्मत सम्भार तालीम चल्दै

केशब भट्टराई,पुनर्वास।कञ्चनपुरको पुनर्वासमा सुचिकृत बेरोजगारहरुका लागी ५० दिने डकर्मी तथा सडक मर्मत सम्भार तालीम चलीरहेको छ । कार्यस्थलमा आधारीत सिप बिकास तथा जीवन उपयोगी तालीम रोजगार सेवा केन्द्र पुनर्वासको आयोजनामा सञ्चालन गरीएको रोजगार संयोजक शुशिला देउवाले जानकारी दिनुभयो । प्रधानमन्त्रि रोजगार कार्यक्रम श्रम, रोजगार तथा सामाजीक सुरक्षा मन्त्रालयको आर्थीक सहयोग र सेवा प्रदायक संस्था बिसीटिसी कञ्चनपुरको सहयोगमा तालीम चलीरहेको उहाँले जानकारी दिनुभयो । पुनर्वास १० र ११ का २० जना महिलाहरु उक्त तालीममा सहभागी रहेको उहाँले बताउनुभयो ।

डकर्मी तथा सडक मर्मत सम्भार तालीम लिइ सकेपछीे पालीका भित्र हुने बिकास निर्माण वा अन्य आयोजनाहरुमा सहभागी गराइने पुनर्वास नगरपालीकाको रोजगार संयोजक देउवाले बताउनुभयो । सुचिकृत बेरोजगारहरुमा अधिकांश महिलाहरु मात्रै रहेकाले पनी उनिहरुको सहभागीता बढी देखीएको उहाँको तर्क छ ।डकर्मी तथा सडक मर्मत सम्भार तालीमका प्रशिक्षक हेमराज भट्टका अनुसार यस तालीमबाट घर निर्माण गर्न आवश्यक पर्ने कामहरु, दक्ष मिस्त्रि उत्पादनमा जोड दिएको बताउनुभयो ।

यता डकर्मी तथा सडक मर्मत सम्भार तालीम लिन पाउँदा आफुहरु खुशी भएको सहभागीहरुले बताएका छन् । तालीममा सहभागी पार्वती टमटाले सधै घरधन्दामा ब्यस्त दिदिबहिनीहरुले केही नयाँ काम सिक्न पाएको बताउनुभयो । घर निर्माणका लागी आवश्यक पर्ने मिस्त्रि हेल्पर लगायतको काममा अब आफुहरु पनी सहभागी हुने उहाँ बताउनुहुन्छ ।

यता पुनर्वास नगरपालीकाका नगर प्रबक्ता तथा पुनर्वास – ११ का वडाध्यक्ष तुलसी अर्यालले वडामा सञ्चालन भएको डकर्मी तथा सडक मर्मत सम्भार तालीम प्रधानमन्त्रि रोजगार कार्यक्रम अन्तरगत सञ्चालन भएको जानकारी दिनुभयो । पालीकामा सुचिकृत बरोजगारहरु मध्ये बाट नै छनौट गरी तालीम दिइएको उहाँले बताउनुभयो ।

प्रतिक्रिया
सम्बन्धित खवर

भर्खरै प्रकाशित


ट्रेन्डिङ