पुनर्वासमा ब्यवसायी कार्कीले “प्याराताल हाइवे लज एड रष्टुरेन्ट” सञ्चालनमा ल्याए 

केशब भट्टराई ।कञ्चनपुरको पुनर्वासमा नयाँ होटल सञ्चालनमा आएको छ । पुनर्वास– ८ क गाउँमा प्याराताल हाइवे लज एड रष्टुरेन्ट सञ्चालनमा आएको हो । पुनर्वासमा लज सुबिधा सहितको एक –दुई वटा मात्रै होटल भएकोले आफुले होटल खोलेको प्याराताल हाइवे लज एड रष्टुरेन्टका सञ्चालक लोेक बहादुर कार्कीले जानकारी दिनुभयो ।

पछिल्लो समय प्यारातालमा पर्यटकहरुको बृद्धी भएसंगै त्यहाँ आउने पर्यटकहरुको बसाइमा सुबिधा पुगोस्, भन्ने उद्धेश्यले होटल सञ्चालनमा ल्याइएको कार्कीले बताउनुभयो । “यहाँबाट बाँस बस्न फेरी धनगढी फर्किन नपरोस्, पुनर्वास भित्रिएका पर्यटक तथा स्थानीयले सजिलै कहाँ बस्ने भन्ने चिन्ता नहोस् भन्नका लागी होटल खोलेको, उहाँ बताउनुहुन्छ ।”

होटलमा एसी तथा सामान्य बाथरुम सहितको कोठाहरु रहेका छन् । २४ सै घण्टा तातो चिसो पानीका ब्यवस्था, लोकल कुखुराको माशु संगै स्थानीय थारु परिकार होटलको मुख्य खानाको रुपमा रहेको कार्कीले बताउनुभयो । यस्तै ठुला तथा साना गाडीको बुकिङ ब्यवस्था, गरीनुका साथै अर्डर अनसारको खाना खाजा होम डेलीभरीको ब्यवस्था समेत रहेको प्याराताल हाइवे लज एड रष्टुरेन्टका सञ्चालक लोेक बहादुर कार्कीले बताउँनुभयो ।

ब्यवसायी कार्कीले आफ्नो छोरीको हातबाट रिवन काटेर आज (बुधवार) होटलको उद्धघाटन गर्नु भएको थियो।

 

प्रतिक्रिया
सम्बन्धित खवर

भर्खरै प्रकाशित


ट्रेन्डिङ