सुदूरपश्चिमका मुख्यमन्त्री भट्टद्वारा तीजको अवसरमा शुभकामना व्यक्त

धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले हरितालिका तीज २०८३ को अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण सुदूरपश्चिमेली दिदीबहिनीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गरेका छन्। मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट भाद्र २९ गते जारी गरिएको शुभकामना सन्देशमार्फत उनले यस पर्वले समाजमा आपसी सद्भाव, सहिष्णुता र मेलमिलाप कायम गर्दै सुख, शान्ति र समृद्धिको मार्ग प्रशस्त गर्ने विश्वास व्यक्त गरेका हुन्।

मुख्यमन्त्री भट्टले तीज पर्वले हाम्रा मौलिक संस्कृति, परम्परा र सामाजिक मूल्यमान्यताको संरक्षण तथा पुस्तान्तरणमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको उल्लेख गरेका छन्। आफ्नो सन्देशमा उनले यस पावन अवसरले दिदीबहिनीहरूबीचको आपसी प्रेम, सद्भाव, आत्मीयता र एकतालाई अझ प्रगाढ बनाउँदै पारिवारिक तथा सामाजिक सम्बन्धलाई थप सुदृढ बनाउने शुभेच्छा प्रकट गरेका छन्।

नारी एकता, सम्मान, समानता र सशक्तीकरणको सन्देश बोकेको यस पर्वले समग्र सुदूरपश्चिम प्रदेशको सामाजिक र सांस्कृतिक विकासमा गहिरो प्रभाव पार्ने मुख्यमन्त्रीको भनाइ छ।

प्रतिक्रिया
सम्बन्धित खवर

भर्खरै प्रकाशित


ट्रेन्डिङ