सुदूरपश्चिम प्रदेश सरकारद्वारा बजेट पुनर्लेखन र परिमार्जनको प्रक्रियालाई तीव्रता दिने निर्णय

धनगढी

सुदूरपश्चिम प्रदेश सरकारले बजेट निर्माण, पुनरावलोकन तथा परिमार्जनको प्रक्रियालाई द्रुत गतिमा अघि बढाउने निर्णय गरेको छ। मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा मुख्यमन्त्री खगराज भट्टको अध्यक्षतामा बसेको मन्त्रिपरिषद्को बैठकले बजेटलाई थप जनमुखी, वस्तुनिष्ठ र विकासमैत्री बनाउन पुनर्लेखनसहितको कार्य तत्काल अगाडि बढाउने निष्कर्ष निकालेको हो।

मन्त्रिपरिषद्को बैठकले बजेटको आवश्यक संशोधन तथा परिमार्जनसहित पुनर्लेखन गर्न आर्थिक मामिला मन्त्रालयलाई अख्तियारी प्रदान गर्ने महत्वपूर्ण निर्णय गरेको छ। यस निर्णयसँगै अब मन्त्रालयले बजेट निर्माणको कामलाई थप प्रभावकारी र व्यवस्थित रूपमा अघि बढाउँदै यसलाई अन्तिम रूप दिने कानुनी तथा प्रशासनिक प्रक्रियालाई तीव्रता दिनेछ।

प्रतिक्रिया
सम्बन्धित खवर

भर्खरै प्रकाशित


ट्रेन्डिङ