भारतबाट ल्याइएको अवैध ब्रोईलर कुखुरा सहित २ मोटरसाइकल बरामद

बेलौरी,२० चैत। कञ्चनपुरको बेलौरी नगरपालिका-२ गोकुलपुरमा भारतबाट नेपाल ल्याउँदै गरेको प्रतिबन्धित ब्रोईलर कुखुरा सहित २ वटा मोटरसाइकल बरामद गरिएको छ।

बुधबार बिहान अवैध रुपमा नेपाल ल्याउँदै गरेको अवस्थामा करिब ३५० किलोग्राम ब्रोईलर कुखुरा बोकेको से ३ प १०६१ र से २ प ३३८१ नम्बरको मोटरसाइकल नियन्त्रणमा लिइएको सशस्त्र प्रहरी नायब उपरीक्षक (डीएसपी) मोहन केसीले जानकारी दिए।

बरामद गरिएको कुखुरा स्थानीय जनप्रतिनिधि, पत्रकार तथा क्वारेन्टाइनका प्रतिनिधिको रोहबरमा नष्ट गरिएको छ भने मोटरसाइकल भन्सार कार्यालयमा चलान गरिएको छ।सशस्त्र प्रहरीले सीमा क्षेत्रमा निगरानी कडा पार्दै अवैध रूपमा भित्र्याइने वस्तुहरूमाथि कडाइ गरिरहेको डीएसपी केसीले बताए।

नेपाल सरकारले भारतबाट ब्रोईलर कुखुरा आयातमा प्रतिबन्ध लगाएको छ। स्वास्थ्य सुरक्षाका कारण यस्तो निर्णय गरिएको हो। प्रतिबन्धित कुखुराको उपभोगले रोगको जोखिम बढाउने भएकाले सुरक्षाकर्मीले कडाइ गरेको सशस्त्र प्रहरीले जनाएको छ।

प्रतिक्रिया
सम्बन्धित खवर

भर्खरै प्रकाशित


ट्रेन्डिङ