बेलौरी र लालझाडीको सहकार्यमा दमकल आउने, आगलागी नियन्त्रणमा सहज हुने आशा

केशव भट्ट, बैशाख ४।  कञ्चनपुरको बेलौरी नगरपालिका र लालझाडी गाउँपालिकाले संयुक्त रूपमा दमकल खरिद गर्ने भएका छन्। दुवै पालिकाबीच भएको सहमतिअनुसार दमकल खरिदमा बेलौरी नगरपालिकाले कुल खर्चको ६५ प्रतिशत र लालझाडी गाउँपालिकाले ३५ प्रतिशत हिस्सा व्यहोर्नेछन्। खरिद गरिएको दमकल बेलौरी नगरपालिका वडा नं. ५ मा राखिनेछ, जसले दुवै पालिकाका बासिन्दालाई सहज रूपमा सेवा पुर्‍याउन सक्नेछ।

दमकल खरिद प्रक्रिया पारदर्शी र व्यवस्थित बनाउन दुवै पालिकाले विशेष कार्याविधि तयार गरेका छन्। यसले दमकलको सञ्चालन, व्यवस्थापन तथा आर्थिक पारदर्शितालाई सुनिश्चित गर्नेछ।

लालझाडी गाउँपालिकाका अध्यक्ष निर्मल रानाले भने,

“दमकल खरिदबाट बेलौरी र लालझाडी दुवै क्षेत्रमा विपद् व्यवस्थापन प्रभावकारी हुनेछ। हामीले कार्याविधि बनाएर नै पारदर्शी र समन्वयपूर्ण रूपमा यसलाई अगाडि बढाएका छौँ।”

दमकलको अभावमा अघिल्ला वर्षहरूमा आगलागीका घटनाहरूमा दुवै पालिकामा ठूलो आर्थिक क्षति भएको थियो। अब दमकल उपलब्ध भएपछि आगलागी नियन्त्रण र विपद् व्यवस्थापनमा महत्वपूर्ण सुधार आउने स्थानीयहरूको अपेक्षा छ।

स्थानीयवासीहरूले पनि पालिकाको यस निर्णयलाई स्वागत गरेका छन्। उनीहरूले दुवै पालिकाको साझा पहलले विपद् जोखिम घटाउन मद्दत पुग्ने र आर्थिक क्षति रोक्न महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरेका छन्।

प्रतिक्रिया
सम्बन्धित खवर

भर्खरै प्रकाशित


ट्रेन्डिङ