बेलौरी शिवनगरमा जलेको मोटरसाइकलसँगै ५४‑वर्षीय पुरुषको शव फेला

बेलौरी,कञ्चनपुर, बैशाख ९।  मंगलबार बिहान कञ्चनपुरको बेलौरी नगरपालिका–१० शिवनगर (निर्मल घाट) नजिक तोरीको भुसामा जलेको मोटरसाइकल र केही पर हरिकिसन राना (बेलडाँडी गाउँपालिका–३, कमरी) को शव फेला परेको छ। भैंसीपालन गरी दूध बेच्ने पेशामा रहेका राना बिहानै करिब ४:३० बजे घरबाट निस्किएको परिवारले बताएको छ।

इलाका प्रहरी कार्यालय बेलडाँडीका निरीक्षक दीपेन्द्र चन्दका अनुसार शव र मोटरसाइकल दुवै पूर्ण रूपमा जलेको अवस्थामा भेटिएका हुन्। मोबाइल, पर्सलगायत सामग्री सुरक्षित राखेर फरेन्सिक टोली बोलाइएको र प्रारम्भिक तथ्य सङ्कलन भइरहेको प्रहरीको भनाइ छ।

रानाका आफन्तले घटनालाई हत्या भएको दाबी गर्दै निष्पक्ष छानबिन मागेका छन्। शव पोष्टमार्टमका लागि महाकाली अस्पताल, महेन्द्रनगर पठाउने तयारी चलिरहेको छ।

समाचार र तस्विर स्रोतः सन्तोष पन्त, बेलौरी नगरपालिका-१०, भुडा

प्रतिक्रिया
सम्बन्धित खवर

भर्खरै प्रकाशित


ट्रेन्डिङ