देशभर ५ लाख ११ हजार ५ सय २५ परिक्षार्थी कक्षा १२ को परीक्षामा सहभागी हुदै

मीरा श्रेष्ठ,
रास्ट्रिय परीक्षा बोर्डले तय गरेअनुसार देशभर आजबाट कक्षा १२ को परीक्षा सुरु भएको छ । परीक्षामा कुल ५ लाख ११ हजार ५ सय २५ विद्यार्थी सहभागी हुदैछन् । जसमध्ये नियमित तर्फ ३ लाख ९५ हजार ९ सय ८ र आँशिक तर्फबाट १ लाख १५ हजार ६ सय १७ जना परिक्षार्थी रहेका छन् । ५ हजार २ सय २ विद्यालयहरुबाट रहेका सो विद्यार्थीहरुको परिक्षाका लागि १ हजार ५ सय ९१ ओटा परीक्षा केन्द्र तोकिएको छ ।

आज बाट सुरु भई जेठ २ गतेसम्म सञ्चालन हुने यस परीक्षाका लागि ४८ हजार २ सय ९ जना कर्मचारी परीक्षालाई मर्यादित र व्यवस्थित बनाउनको लागि खटाईएका छन् ।

प्र्देशगत रुपमा सुदूरपश्चिमबाट कुल ५० हजार ६ सय ५४ जना परिक्षार्थी रहेका छन् भने कर्णाली प्र्देशबाट ३८ हजार ८ सय ८८, लुम्बिनी बाट ९० हजार ६ सय ७८, गण्डकी बाट ४३ हजार ६ सय ४९, मधेश बाट ६९ हजार ८ सय ८, कोशी बाट ८२ हजार ८ सय ७१ र बागमती बाट १ लाख ३५ हजार २ सय ४० परिक्षार्थी सहभागी रहेका छन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

भर्खरै प्रकाशित


ट्रेन्डिङ