सासंद तारा लामा तामाङको इजरायली राजदूतसँग भेट, बिपिन जोशीको रिहाइबारे गम्भीर छलफल

काठमाडौं, वैशाख २४ – कञ्चनपुर क्षेत्र नं १ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य तारा लामा तामाङले नेपालस्थित इजरायली राजदूत श्मुलिक एरिए बाससँग औपचारिक भेटवार्ता गरेका छन्। भेटका क्रममा दुवै पक्षबीच नेपाल–इजरायल द्विपक्षीय सम्बन्ध सुदृढीकरण, प्रविधि आदानप्रदान, कृषि प्रवर्द्धन र विकास सहकार्यका विषयमा छलफल भएको हो।

भेटको प्रमुख विषयवस्तु हामासद्वारा अपहरणमा परेका नेपाली नागरिक बिपिन जोशीको रिहाइसम्बन्धी प्रयास रहेको थियो। राजदूत बासले बिपिन जोशीको मामिलालाई इजरायली सरकारले अत्यन्त गम्भीरताका साथ लिएको स्पष्ट पार्दै नेपाल सरकारसँग समन्वयमा रहेर यथाशीघ्र समाधान खोज्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

प्रतिक्रिया
सम्बन्धित खवर

भर्खरै प्रकाशित


ट्रेन्डिङ