पुनर्वासका युवा व्यवसायीद्धारा ईलाका प्रहरी कार्यालय त्रिभुवनवस्तीलाई टिभी हस्तान्तरण

कञ्चनपुरको पुनर्वासमा बस्दै आएका तीन जना युवा व्यवसायीहरूले इलाका प्रहरी कार्यालय त्रिभुवनवस्तीलाई एक सेट टेलीभिजन हस्तान्तरण गरेका छन्। झन्डै ४० हजार मूल्य बराबरको टेलीभिजन सेट हस्तान्तरण गरिएको रबिन्द्र तामाङ “मिसन”ले जानकारी दिनुभयो। युवा व्यवसायी दाउत तामाङ, खगेन्द्र ओझा र रबिन्द्र तामाङ “मिसन”सहितको टोली मिलेर टेलीभिजन सेट प्रदान गरिएको इलाका प्रहरी कार्यालय त्रिभुवनवस्तीका इन्चार्ज प्रहरी निरीक्षक महेश बिक्रम शाहीले जानकारी दिनुभयो। सो टेलीभिजन थुनुवा कक्षमा राखिने प्रहरी निरीक्षक शाहीले बताउनुभयो।

विभिन्न आपराधिक क्रियाकलापमा संलग्न भएर आएका थुनुवाहरूलाई कानुनी सहायता सम्बन्धी जानकारी, कानुनी विषयवस्तुमा चेतना अभिवृद्धि गराउने उद्देश्यले टेलीभिजन राख्न लागिएको उहाँले बताउनुभयो।

प्रहरी निरीक्षक शाहीले टेलीभिजन सेट प्रदान गर्ने युवा व्यवसायी दाउत तामाङ, खगेन्द्र ओझा र रबिन्द्र तामाङ “मिसन”सहितको टोलीलाई धन्यवाद व्यक्त गर्नुभयो। साथै, आगामी दिनहरूमा पनि सहयोग र सहकार्य गर्न उहाँले युवा व्यवसायीहरूलाई आग्रह गर्नुभयो।

प्रतिक्रिया
सम्बन्धित खवर

भर्खरै प्रकाशित


ट्रेन्डिङ